बाँकेमा दुईजनाको मृत्यु « Khabarhub

 बाँकेमा दुईजनाको मृत्यु


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो ।

 नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा  बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनी एक साताअघि मात्रै उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढाएको उनले बताए । 

त्यस्तै कोहलपुर–७ स्थित जङ्गलमा आज एक बालकको शव फेला परेको छ । कोहलपुर–१४ का अन्दाजी १६ वर्षीय बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए । उनको शरीर र टाउकोमा चोट छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको क्रममा शंकास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : ५४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी