बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ : मुख्यमन्त्री पाण्डे « Khabarhub

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ : मुख्यमन्त्री पाण्डे


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने व्यवस्था सुरु गरिने बताएका छन्।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले धुलिखेलमा आज आयोजना गरेको ‘छैटौँ जिल्ला सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई नगद पैसा तिर्दा यात्रुसँग बढी रकम लिने खालको समस्या समाधान गर्न तोकिएको रकम मात्रै भुक्तानी दिने गरी डिजिटल युगभित्र प्रदेश सरकार प्रवेश गर्ने बताए।

उनले संसद्मा कानुन बनाउने बेला आफूले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर जोडदार कुरा उठाएको र वडा सरकार बलियो भए मात्रै नेपाल बलियो तथा समृद्ध बन्ने भएकाले त्यसैमा ध्यान दिन जरुरी रहेको बताए। सङ्घीय सरकार भनेको नै प्रदेश सरकार भएको उल्लेख गर्दै उनले भर्खर मात्र प्रदेश सरकारको कानुन बनाउने र कार्यान्वयनको चरणमा रहेकाले अहिले नै ठिक तथा बेठीक भनेर टिप्पणी गर्ने बेला नभएको बताए।

उनले आर्थिक हिसाबले कमजोर गाउँपालिकाले आफू आएपछि थप आर्थिक सहयोग गर्ने विधि बनाएको र बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताए।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ३६ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको