लमजुङमा जिप दुर्घटना अपडेट : १५ जना घाइते , एकको अवस्था गम्भीर « Khabarhub

लमजुङमा जिप दुर्घटना अपडेट : १५ जना घाइते , एकको अवस्था गम्भीर


१ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जादै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मस्र्याङ्दी गाउँपालिका २ का बर्ष ५३ की ईन्द्र देवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।

घाइते हुनेहरुमा मस्र्याङ्दी २ का बर्ष ५२ का चित्र बहादुर गुरुङ, वडा नम्बर ६ का बर्ष २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, बर्ष २ का रिजन विक, बर्ष २५ का सोमनाथ विक यस्तै मस्र्याङ्दी २ का बर्ष ५६ का सुन माया गुरुङ, बर्ष १९ का रेखा विक, बर्ष ३१ का बुद्धी बहादुर गुरुङ, बर्ष ७ का राजिप गुरुङ, बर्ष ३४ का शिव कुमारी गुरुङ ,बर्ष २ का रियन्स गुरुङ , बर्ष ३० की मनु विक , वर्ष ४ की कृतीका विक र बर्ष ३१ का शेष बहादुर गुरुङ रहेका छन् । घाइतेको अबस्था सामन्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

घटनास्थलमा स्थानीय, स्थानिय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाईते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए । जिप चालक मस्र्याङ्दी गाउँपालिका २ बस्ने बर्ष ३६ का अजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ९ : ३९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको