स्यानिटरी प्याडमा खर्च मात्रै, किनेर थन्काइयो « Khabarhub

स्यानिटरी प्याडमा खर्च मात्रै, किनेर थन्काइयो


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा बढीको स्यानीटरी प्याड खरिद गरेको तर लक्षित वर्गलाई वितरण नगरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले स्यानिटरी प्याडमा लाखौं बजेट खर्च गरेर लक्षित वर्गलाई वितरण गर्नुको सट्टा स्टोरमा थन्काएको औंल्याइएको छ ।

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्ने भन्दै हिमालयन मेडिसिन डिस्ट्रीव्यूटर्स ललितपुरबाट ८ लाख ३६ हजार २०० मा १० हजार थान स्यानीटरी प्याड खरिद गरिए पनि स्टोरमै थन्काएर राखेको पाइएको हो । एकातिर तोकिएको समयमा प्राप्त हुनुपर्ने सेवाबाट लक्षित वर्ग बञ्चित भएको अर्कातर्फ अव्यवस्थित तरिकाले भण्डारण गरेका कारण स्यानिटरी प्याड बिग्रिएर प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने सम्भावना देखिएको प्रतिबेदनमा उल्लेख छ ।

‘स्यानीटरी प्याड समयमा नै खरिद नगरी ढिला खरिद गरेका कारण लक्षित वर्ग सेवाबाट बञ्चित भइ कार्यक्रम नै प्रभावहिन देखियो,’ प्रतिबेदनमा भनिएको छ, ‘कार्यालयले कार्यक्रम ढिला हुनुको कारण स्पष्ट पार्दै किशोरीलाई वितरण गरेको भरपाइ पेश गर्नुपर्छ ।’

यस्तै, गाउँपालिकाले कोभिड–१९ को महामारीका बेला सिकाई सहजीकरणका लागि खरिद गरेको पुस्तक स्टोरमै थन्काएर राखेको पाइएको छ । कोभिड महामारीका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने अवधिलाई लक्षित गरी शैक्षिक कार्यक्रम अन्तरगत सहयात्रा प्रिन्टर्स एण्ड पव्लिसर्स प्रालि विराटनगरसँग २०७८ असार १४ गते ३ लाखमा सोझै १ हजार ६०० थान किताव खरिद गरिएको थियो । तर, महामारीका कारण पठन–पाठन बन्द भएको बेला खरिद गर्नुपर्ने पुस्तक वर्षान्तमा खरिद गरिनुले बजेट सक्नकै लागि मात्र पुस्तक खरिद गरेको महालेखाले औंल्याएको छ ।

गाउँपालिकाले चालुतर्फ एकै आर्थिक वर्ष खाना, खाजा र चिया होटलमा १५ लाख ३१ हजार ७०८ खर्च गरेको छ । कतिपय खर्च सम्वन्धित फर्म तथा पार्टीलाई भुक्तानी नगरी कर्मचारी तथा पदाधिकारीलाई शोधभर्ना दिएकोले विविध खर्च आन्तरिक नियन्त्रण कमजोर देखिएको जनाइएको छ ।

यस्तै, भ्रमण तथा अनुगमन मूल्यांकनतर्फ ३५ लाख ९४ हजार ९६९ खर्च गरेको गाउँपालिकाले भ्रमण अभिलेख नराखेको, भ्रमण आदेश नम्बर नराखेको, अधिकांश भ्रमण तथा अनुगमनमा प्रतिबेदन संलग्न नगरी भुक्तानी दिएको पाइएको छ । कोभिड–१९ को महामारीले लकडाउन भएको अवस्थामा समेत भ्रमण खर्चमा कमी आएको नदेखिएको महालेखाले औंल्याएको छ ।

गाउँपालिकामा सवारी साधन तथा मेसिनरी औजार मर्मतमा ३७ लाख १० हजार २२, व्याकहो लोडर मर्मतमा २२ लाख २८ हजार ८२०, डिजेल खरिदमा ३६ लाख ६४ हजार ४५५ र इन्धन खर्चतर्फ ४६ लाख ८२ हजार २२४ रुपैयाँ भुक्तानी गरेको महालेखाले औंल्याएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ३४ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा