कञ्चनपुरको वनहरा शिविर डुबानमा, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा | Khabarhub Khabarhub

कञ्चनपुरको वनहरा शिविर डुबानमा, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ। यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।

शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ।

‘पैतीस जतिलाई पारि जङ्गलको उच्च भागमा सारेका छौँ भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौँ।’ डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भने, ‘वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ।’

स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि खटिएको उनले बताए।

वडानं १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ। त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको र विस्तृत जानकारी आउन बाँकी रहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : १३ बजे

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण, पार्किङका गाडीमा आगजनी

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र

सेनाले किन साथ दिएन ओली सरकारलाई ?

काठमाडौं– जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत,

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू

भारतीय बुद्धिजीवी एसडी मुनिले भने– नेपालको गणतन्त्र र लोकतन्त्र जोगिनुपर्छ

काठमाडौं– नेपालमा चर्किएको जेनजी पुस्ताको आन्दोलनको चर्चा भारत लगायत संसारभर