महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का आज बेलायत जाँदै « Khabarhub

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का आज बेलायत जाँदै


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन आज बेलायत प्रस्थान गर्ने भएका छन्।

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेलायतको राजधानी लण्डन पुगेर उनले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

भदौ २३ गते निधन भएकी महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ।

नेपालको पहिलो दैत्य सम्बन्ध कायम भएको मुलुक बेलायतकी महारानीको निधन भएपछि नेपाल सरकारले शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएको थियो।

महारानीको निधन भएसँगै उनका जेठा छोरा, प्रिन्स चार्ल्स, नयाँ राजा बनेका छन्। बकिंघम दरबारमा राजाको स्वागत समारोह तथा विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा पनि मन्त्री खड्का सहभागी हुनेछन्।

उनी आगामी असोज ५ गते स्वदेश फर्किने छन्।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : २४ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक