बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. अछाममा बाढीपहिरोमा परि ४ जनाको मृत्यु, १२ जना बेपत्ता
लगातारको वर्षापछि आएको बाढी पहिरोले अछाममा ४ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता भएका छन्। पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चार भन्दा धेरै घरहरु पुरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता १२ जनाको खोजी भइरहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले जानकारी दिए।

२. कैलालीमा झन्डै ५०० बढी घर डुबानमा
गए रातिदेखी परिरहेको अविरल वर्षाका कारण पूर्वी कैलालीमा ५ सय बढी घर डुबानमा परेका छन्। कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ। पानी परिरहेकाले अहिले नदीको बहाव बढ्ने क्रम जारी रहेको जनाइएको छ। बाढी प्रभावितहरूको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ।

३. प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै
प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ। प्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दै छ। २०७४ मा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल आज मध्यरातिदेखि सकिने भएसँगै बैठक आज दिउँसो १ बजे बोलाइएको हो। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले आजसम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बिदाइ सम्बोधन राख्ने तयारी भएको छ।

४.  आजदेखि सहुलियत पसल सञ्चालनमा
दसैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आज देखि सञ्चालनमा आएका छन्। आजबाट खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन्। देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्री वितरण गर्ने छ। कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

५. आज विश्वकर्मा बाबाको पूजा
आज विश्वकर्मा पूजा, भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरी मनाउँदै छ। आश्विन संक्रान्तिका दिन आज कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। विश्वकर्माको पूजाका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

६. लालपुर्जा वितरणको काम स्थगित 
राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ। निर्वाचन आयोगको निर्देशन अनुसार जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नाप जाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ। निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको थियो।

७. सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध 
काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ।  महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ –नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो। सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा  अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले   आजदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ।

८. दसैँमा घर जान अग्रिम टिकट बुकिङ खुला 
यस वर्षको दसैँका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाइएको छ। यातायात व्यवस्था विभागका अनुसार आजदेखि  उपत्यका बाहिर जाने यात्रुका लागि टिकट बुकिङ खुला गरिएको  हो। दसैँका लागि  गत असार २७  गते तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन्। बढी भाडा लिएको पाइएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

९.रुसका राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। उज्वेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्घठन (एससीओ) शिखर सम्मेलनको क्रममा  दुई शीर्षनेताबीच भेटवार्ता भएको  हो। भेटवार्ताका क्रममा रुस-युक्रेन द्धन्द्धको विषयमा छलफल भएको समाचार संस्था अलजजिराले जनाएको छ। प्रधानमन्त्री मोदीले युक्रनेसगँको युद्ध कुटनितिक  संवाद गर्न रुसी राष्ट्रपति पुटिनलाई सुझाव दिनुभएको थियो। जवाफमा राष्ट्रपति पुटिनले  युक्रेनले वार्ता गर्न अस्वीकार गरेको बताउनुभएको थियो।

१०. इंग्लिस प्रिमियर लिगमा फुलहमद्धारा नटिङघम फरेस्ट पराजित 
इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले नटिङघम फरेस्टलाई  पराजित गरेको छ। गए राति भएको खेलमा फुलहमले फरेस्टलाई ३–२ गोल अन्तरले  पराजित गरेको हो। फुलहमका लागि टोसिन एडराबियो, पाल्हिन्हा, हारिसन रिडले एक एक गोल गरे, भने  टाइवो अवोनियी र लेविस ओब्रिनले फरेस्टका लागि एक एक गोल गरे। जितसँगै फुलहमले ७ खेलमा ११ अंक जोडेको छ। फुलहम छैटौँ स्थानमा रहेको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : १२ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन