पहिरोले पुरिँदा अछाममा ७ जनाको मृत्यु, १० बेपत्ता « Khabarhub

पहिरोले पुरिँदा अछाममा ७ जनाको मृत्यु, १० बेपत्ता


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

अछाम – लगातारको वर्षापछिको पहिरोले पुरिएर अछाममा ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गरी कम्तीमा पाँच घर पहिरोले पुरेको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए।

तुर्माखाँदको वडा नम्बर ५ काडाचौरमा बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । तीमध्ये २ जनाको शव फेला परेको छ।

कमलबजार नगरपालिका ६ मा पहिरोले पुरिएका ४ जनाको शव निकालिएको छ भने बेपत्ता भएका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ढकारी गाउँपालिका वार्ड न.६ सिमानेमा स्थानीय हर्क बहादुर बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन्।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ३६ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल