भैरहवा-कुवेत दैनिक उडान सुरु | Khabarhub Khabarhub

भैरहवा-कुवेत दैनिक उडान सुरु


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो।

यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए।

यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान जजिराले जेठ २ गतेबाट गर्दै आएको छ। कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो। जजिरा एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान गर्दै आएको थियो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्दै आएको छ। जजिराको एयर बस ३२० नीओ विमानले हाल सम्म हालसम्म कुवेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ। जसबाट कुल ६ हजार ५ सय ८७ यात्रु आएका छन् भने कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन्।

आउँदो कात्तिक १३ गतेदेखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान सञ्चालन गर्दैछ, हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि हप्तामा तीन वटा हवाई उडान सञ्चालन गर्ने गरी टिकट काट्ने अनुमति पाइसकेको छ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भएकोले र अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ विमानस्थलको रुपमा रहेको विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न छुट दिँदै आएको छ। नारायणी वारीका यात्रुहरु काठमाडौँ पुग्नु नपर्ने गरी जजिराले कुवेतको हवाई यात्रा भैरहवाबाट सुरुवात गरेको हो। विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाई यात्रु चाप घट्ने र काठमाडौँको विकल्प रुपमा बनेको विमान स्थलमा काठमाडौँमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्छन्।

काठमाडौँभन्दा बढी अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने अपेक्षा प्राधिकरणको रहेको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ५२ बजे

सेनाले किन साथ दिएन ओली सरकारलाई ?

काठमाडौं– जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत,

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू

भारतीय बुद्धिजीवी एसडी मुनिले भने– नेपालको गणतन्त्र र लोकतन्त्र जोगिनुपर्छ

काठमाडौं– नेपालमा चर्किएको जेनजी पुस्ताको आन्दोलनको चर्चा भारत लगायत संसारभर

जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन-जी आन्दोलनलाई संयमित

प्रधान सेनापति सिग्देलले भिडियो सम्बोधन गर्दै

काठमाडाैँ– प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिन भिडियो