लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली « Khabarhub

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । 

संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रामा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास  र विकासको अभियानलाई हार्न नदिने बताए ।

उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए । उनले संविधान दिवसलाई जनताको दिवस मनाउनुपर्ने भन्दै लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा एमालेले देशलाई अगाडि बढाउने बताए ।

संघर्ष र बलिदानबाट लामो यात्रा पार गरेर संविधान कार्यान्वयन भइरहेको उल्लेख गर्दै नेपालमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास गरिएको आरोप लगाए  । ‘नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए ।  नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ’, उनले भने । 

अध्यक्ष ओलीले नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने हो भने। ‘नेपाल, हामी नेपालीको हो भन्ने भावनाका साथ हामी अगाडि बढेका छौँ’, उनले भने।

सो पदयात्रा बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको थियो । पदयात्रामा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्षनेताको सहभागी रहेको थियो । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ५८ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम