समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ : ओली « Khabarhub

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ : ओली


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गरे ।

‘यस अवधिमा राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षा गर्ने काम गरेको छ, यो संसद्बाट निर्वाचित सरकारले कामका महत्वपूर्ण उपलब्धि हासिल गरेको छ’, उनले भने, ‘संविधानले परिकल्पना गरेअनुसार संविधान कार्यान्वयनका क्रममा प्रदेश सरकार, संरचना, प्रदेशको नामकरण गर्ने काम भएको छ ।’

अध्यक्ष ओलीले भूकम्पपछिको पुननिर्माणको काम राम्रोसँग अघि बढेको उल्लेख गर्दै हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग निर्माणको काम पनि अघि बढेको बताए । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले सम्पन्न गराउन निर्वाचन आयोगले काम गर्नुपर्ने र त्यसका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

‘आगामी मङ्सिर ४ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले हुनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो, निर्वाचनमा अस्वस्थ तरिकाले भूमिका खेल्न सरकारले मिल्दैन ।’ राष्ट्रको आवश्यकतालाई बढी ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ छ ।

नागरिकतासम्बन्धी देखिएका समस्या समाधान गर्नका लागि आफ्नो सरकारको पालामा अध्यादेशबाट समाधान गर्ने प्रयत्न गरेको तर त्यो हुन नसकेको उनले बताए । पूर्वप्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुँदा संसद्बाट पाएको रचनात्मक सहयोगलाई धन्यवाद दिए । साथै उनले देशभर बाढी र पहिराबाट भएको जनधनको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ३ : १९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका