‘संसदीय मर्यादाको खिल्ली उडाइयो’ « Khabarhub

‘संसदीय मर्यादाको खिल्ली उडाइयो’


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले संविधान जारी गर्ने बेला मधेशी समुदायलाई बहिष्कार गरे पनि पछि संशोधनमार्फत यो समुदायलाई समेट्ने आशा लिएको तर पूरा नभएको बताए । यसकारण मधेशी समुदायले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा लिँदै आएको उनले बताए ।

यो सदनमा जबरजस्ती ‘फास्ट ट्रयाक’को संविधान पुनरावलोकन गर्न कसैले नखोजेको उनले बताए । ‘बरु पटक पटक सदन विघटन गर्न खोजियो, संसद् विघटनको रेकर्ड बन्यो । खारेजीको चरणमा पुगेको लोकतन्त्रलाई पाँच दलीय गठबन्धनले लिकमा ल्यायो । तर, मधेशी समुदायलाई अनागरिक हुने चरणबाट उठाएन ।’ उनले भने ।

यद्यपि, संघीयता कार्यान्वयनका लागि सदनले केही ऐन बनाउको, स्थानीय तह निर्वाचन गरेको उनले बताए । यी काम हुँदाहुँदै पनि अझै केन्द्रीय एकात्मक शासन रहिरहेको उनको भनाइ छ ।  उनले भने ‘संघीयतातर्फका बाटोमा एक कदम सारिएको छैन । संघीयता धरापमा पर्ने हो की भन्ने आशंका छ ।’

उनले नागरिकता विधेयकको विवादले संसद्को औचित्यनै समाप्त हुन खोजेको हो की भनेर आशंका गरे । उनले भने, ‘दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएर संसदीय मर्यादाको खिल्ली उडाइयो ।’ 

यस्तै, लोकतन्त्र र संघीयता बचाउन विभिन्न पटक विभिन्न समुदायले आन्दोलन गरे तर, सरकारले तिनीहरूलाई पक्रेर उल्टै बन्दी बनाएको आरोप लगाए । उनीहरूलाई तत्काल रिहा गर्न उनको माग छ । 

मधेश आन्दोलन र अन्य आन्दोलनबारे अध्ययन गर्न सरकारले गठन गरेको लाल आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
साथै, सदनमा उनले संविधानअनुसार नेपालमा स्वायत्त क्षेत्र कहाँ छ रु भनेर प्रश्न गरे । उनले स्वायत्त क्षेत्र खोज्न कहाँ जाने रु प्रश्न गरे । 

अहिले देशमा भष्ट्राचार सङ्गठित र संस्थागत भएको उनको आरोप छ । यही कारण देशको वित्तिय अवस्था नाजुक बनेको छ । उनले भने, ‘व्यापार घाटा घटाउने कुनै योजना छैन । देश दरिद्रीकरणतर्फ गइरहेको छ ।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ०४ बजे

वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

काठमाडौं– सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक

पदमुक्त भए मधेश प्रदेशसभाका सभामुख मण्डल

जनकपुरधाम– मधेश प्रदेश सभका सभामुख रामचन्द्र मण्डल बुधबारदेखि पदमुक्त भएका

तनावग्रस्त बारा, यस्तो देखियो दिनभरको दृश्य (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतको विरोध गर्दै बारामा जेन-जीहरुले

‘हेट स्पीच’ र उत्तेजक अभिव्यक्ति रोक्न नेताहरूलाई प्रधानमन्त्री कार्कीको चेतावनी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक

दलहरूलाई प्रधानमन्त्रीका ७ सन्देश : चुनावमा भाग नलिए लोकतान्त्रिक जिम्मेवारीबाट भागेको मानिनेछ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेको