माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ? « Khabarhub

माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ?


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएरु जनतासँग भोट माग्न जानुहुन्छ’ भन्दै प्रश्न गरेका छन् ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ रु अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ५९ बजे

जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन्

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय

सिन्डिकेटको सटरमा जनताको ताल्चा !

केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले पेट्रोल पम्प

रास्वपाका रविन महतो : जसले सर्लाही–२ मा मधेशका भेट्रान नेताहरूलाई घुँडा टेकाए

सर्लाही- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा. वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र