जमिनमा रुसभन्दा युक्रेन बलियो | Khabarhub Khabarhub

जमिनमा रुसभन्दा युक्रेन बलियो


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुस र युक्रेन बीचको युद्ध भएको आठ महिना भएको छ। यो आठ महिनामा रुसले चाहे जस्तो परिणाम आएको छैन। संसारका धेरै जनाले सोचे जस्तो युक्रेन कमजोर पनि देखिएको छैन। युद्धको सुरुवाती समयमा रुसी सेना हाबी हुँदै जताततै धावा बोल्दै गएका थिए। पूर्वका धेरै क्षेत्र सुरुवाती दिनमा युक्रेनले गुमाएपछि केही दिनमा पुरै युक्रेन नै रुसको अधीनमा पुगी हाल्ने त होइन भन्ने आशंकासमेत देखिएको थियो। योक्रम त्यत्तिकै रोकिएन मात्र पछिल्लो महिना रुसले लिएको केही भूभाग युक्रेनले फिर्ता पनि गरेको छ।

रुसले अहिले भने नयाँ सहरलाई निसाना बनाएको छ। पूर्वी डोनबास प्रान्तको बुअमुटलाई निसाना बनाएको रुस त्यतै लम्की रहेको छ। त्यस सहर अहिले रात र दिनको समयमा पनि बमको आक्रमणबाट आक्रान्त छ। त्यस सहरका ७० हजार जनाले सहर छाडीसकेका छन्। बाँकी रहेकाहरू प्रौढहरू छन्। त्यहाँ खानेपानी र विद्युतको आपूर्ति बन्द भइसकेको छ। पछिल्लो पटक मानिसलाई निकाल्नका लागि एउटा सानो लाम बनाइएको छ। स्वयं सेवकले बहादुरी पूर्वक त्यहाँ बस सञ्चालन गरेका छन्।

रुसले अहिले भने नयाँ सहरलाई निसाना बनाएको छ। पूर्वी डोनबास प्रान्तको बुअमुटलाई निसाना बनाएको रुस त्यतै लम्की रहेको छ।

७० वर्षकी ओलेना पनि त्यस स्थान छाड्न चाहन्छिन्। ‘मानिस अत्तालिएका छन्’, उनले भनिन्, ‘त्यहाँ अर्को आक्रमणले सहरलाई ध्वस्त नै बनाउँछ । त्यहाँ हरेक विस्फोटसँगै नयाँ प्रतिक्रिया हुन थालेका छन्। कोही चुरोट सल्काएर धित मार्छन्, कोही चुहिगम खोज्न हिँड्छन्। कोही रुन सुरु गर्छन्। कोही एकै पटक चिच्याउने गरेका छन्।’

उनको अनुभवमा त्यहाँको जीवन धेरै कठिन भइसकेको छ। खाना बनाएर खाना नै ठूलो पहाड उक्लिए झैँ हुन्छ। ‘यो युद्ध सुरु गर्नेलाई मैले १ सय पटक सरापी सकेँ। म उसलाई अझ सरापी रहन्छु।’

बस चढी सकेपछि हात उठाएर आफ्नो पुरानो ठाउँलाई बिदा गरिन्। सायद उनलाई अब त्यस स्थानमा फेरि पुग्ने आशा पनि छैन। बखमुट एउटा त्यहीँ स्थान हो, जहाँबाट रुसले युद्धको अर्को नयाँ कथा सुरु गर्न चाहन्छ। यो एउटा यस्तो स्थान हो। जहाँ पहिले त्यत्ति धेरै चासो लिइएको थिएन। तिनीहरूको उपस्थिति महँगो परेको थियो। तर, पछिल्लो समय बिस्तारै रुसी सेनाले त्यस स्थानमा कब्जा जमाइरहेको छ।

‘हरेक विस्फोटसँगै नयाँ प्रतिक्रिया हुन थालेका छन्। कोही चुरोट सल्काएर धित मार्छन्, कोही चुहिगम खोज्न हिँड्छन्। कोही रुन सुरु गर्छन्। कोही एकै पटक चिच्याउने गरेका छन्।’

बमखटुले झन्डै रुसले कब्जा गरिसकेको छ। यसो हुनुमा एउटा लजिकले काम गरेको हुनसक्छ। गृष्म याममा नै यिनीहरूले नजिकैको सहर सेभर डोन्सटेक र लिभिचेन्सकलाई कब्जा गरिसकेका थिए। त्यस आक्रमणपछि रुसी सेना त्यहीँबाट क्रामाटोस्र्क र स्लोभियान्सकमा पुग्ने अपेक्षा गर्न थालिएको थियो।

त्यसपछि युक्रेनी सेनाको प्रत्याक्रमण बढ्दै गएको थियो। पूर्वी र दक्षिण क्षेत्रमा युक्रेनी सेनाको प्रत्याक्रमण बढेकै कारण रुसी सेनाको ध्यान पश्चिम र उत्तरतर्फ मोडिएको थियो। अहिले रुसी सेना फेरि एक पटक त्यस क्षेत्रमा रक्षात्मक नभई आक्रामक भएको छ। युक्रेन पूर्वी कमान्डका प्रवक्ता अझै बखमुट कब्जा गर्न आवश्यक सेना भएकोमा शंका व्यक्त गर्छन्। उनी अहिले सैन्य शक्तिलाई केन्द्रित गर्न लागि परेका छन्। उनी अहिले पनि रुस नयाँ रक्षा संयन्त्र तयार गर्न तल्लीन रहेको बताउँछन्।

उनको प्रयास स्भयाटोभ र क्रेमनीया बचाउनका लागि हो। त्यहाँ आपूर्तिका लाइन रुसी सेनाले ध्वस्त बनाइसकेका छन्। उनको विचारमा अहिले रुसले पठाएको ट्याङ्क नै पुरानो खालको हो। सन् १९६० मा बनाइएका त्यस्ता ट्याङ्कको कारण धेरै आत्तिन नहुने धारणा छ।रुसका धेरै अत्याधुनिक हतियार नास भइसकेका कारण यो भएको उनको जिकिर छ।

गत महिना राष्ट्रपति भ्लाडिमिर पुटिनले तीन लाख जत्थाले एकै आक्रमण गर्ने र युक्रेनलाई केही दिन भित्रमा नै कब्जा गर्ने घोषणा गरेका थिए। उनले घोषणा गरेको जस्तै सहजै युक्रेन हात लाग्ने त कुनै अनुमान गर्नुलाई त अहिले मुख्याई नै ठान्न थालिएको छ।

अझै रुसी सेनाले बखमुत कब्जा गर्नसक्छ या सक्दैन ? गरिहालेमा त्यो कहिले भन्ने प्रश्न अहिले उब्जिएको छ।

अहिले बखमुत आक्रमणको योजना भने सरकारी सेना नभई निजी वाग्नर समूह र त्यसको मातहतका सेनाबाट भएको जनाएको छ। त्यो मिसनरी समूह सन् २०१४ देखि युक्रेनमा सक्रिय छ। गत महिना यसको मुख्य नेताहरू रुसी जेलमा रहेको पनि जनाइएको थियो। अहिले युद्धमा भने यो सेनाको सहयोगी भएको छ।

अझै रुसी सेनाले बखमुत कब्जा गर्नसक्छ या सक्दैन ? गरिहालेमा त्यो कहिले भन्ने प्रश्न अहिले उब्जिएको छ। चेरे भेटिल भने लायस्चेनकसपछि बहमुटबाट पनि शत्रु पक्षलाई हटाउने बताउँछन्। उनकै विचारमा रुसीहरू लामो युद्धको मिसाइलमा हाबी भएका छन्, युक्रेनीहरु मैदानकै झगडामा छन्। केही समयमा रुसको मिसाइल नै पनि सकिन सक्ने छ।

रुसले अहिले सर्वत्र मिसाइल मात्र प्रहार गरेको छ। भुइँ युद्धमा युक्रेन भन्दा कमजोर साबित भए पछि रुस मिसाइलमा केन्द्रित भएको विभिन्न समाचारमा प्रकाशमा आइसकेको छ। बिहीबारको एक समाचारका अनुसार रुसले ४० सहरमा एकै पटक मिसाइल आक्रमण गरेको हो।
रुसले यस युद्धमा पश्चिमा देशप्रति आकर्षित भइसकेको छ। ‘यो विवादमा उनीहरू एक आपसमा सम्बन्धित छन्,’ रुसले जनाएको छ। रुसले युक्रेनलाई प्रयोग गर्दै उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो)ले तेस्रो विश्व युद्ध निम्त्याउने जोखिम बढेको बताएका छन्। रुसका सुरक्षा सचिव अलेक्जेन्डर भेनेडिकोभले ताससँग कुरा गर्दै युक्रेनको नियम नै नयाँ ध्रुवीकरण अगाडि बढाउने हो।

युक्रेनका राष्ट्रपति भालोडोमिर जेलेन्सकीले नाटो सदस्यताको फास्ट ट्र्याक बाटो अवलम्बन गर्नु नै नयाँ ध्रुवीकरणको उद्देश्य भएको उनको दाबी थियो। सेप्टेम्बरको अन्त्यमा आफूले विजयको झन्डा हल्लाएको तथा जनमत सङ्ग्रह गराएको दाबी गर्दै विजय उत्सवको कार्यक्रममा पनि रुसी राष्ट्रपति पुटिनले यस्तो आरोप लगाएका हुन्।

युक्रेनका राष्ट्रपति भालोडोमिर जेलेन्सकीले नाटो सदस्यताको फास्ट ट्र्याक बाटो अवलम्बन गर्नु नै नयाँ ध्रुवीकरणको उद्देश्य भएको उनको दाबी थियो।

बिहीबारको एकै दिन ४० स्थानमा रुसी मिसाइल आक्रमण हुँदा युक्रेनले पनि लक्षित ३२ स्थान मध्य २५ स्थानमा धावा बोलेको थियो। त्यस दिनको मिसाइल आक्रमणबाट पाँच वटा आवास भवनको छाना पूर्ण क्षति भएका छन्। अन्य धेरै स्थानमा यसले क्षति गरेको छ।

गत बिहीबार नै रुसले ड्रोनमार्फत् रुसी सहर किभमाथि धावा बोल्न सुरु गरेको थियो। यसरी मिसाइल आक्रमणबाट पछिल्लो समय धेरै क्षति सहने सहर माइकोलियाभ हो।

रुसले किभमा पनि आक्रमण गर्दै केही संरचना तयार पारेको हो। जेलेन्सकीका कार्यालयका निमित्त प्रमुख मिर्लीयन टोमिसेन्कोको अनुसार धेरै स्थानमा ड्रोनबाट गरिएको आक्रमणका कारण क्षति पुगेको छ। बिहीबारको त्यस मिसाइल आक्रमणका कारण पाइपलाइन धेरै स्थानको पावर लाइनमा पनि क्षति पुगेको थियो।

गत बिहीबार नै रुसले ड्रोनमार्फत् रुसी सहर किभमाथि धावा बोल्न सुरु गरेको थियो। यसरी मिसाइल आक्रमणबाट पछिल्लो समय धेरै क्षति सहने सहर माइकोलियाभ हो।

नाटोका महासचिव जनरल जेन्स स्टोलवर्गका अनुसार रुसको त्यो मिसाइल आक्रमण नै कमजोरीको प्रतीक हो। सेप्टेम्बरमा मैदानमा कमजोर भएपछि आणविक हतियारको प्रयोगको धम्की नै पराजित मानसिकताको उपज भएको आरोप उनले लगाएका छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेन पनि जमिनको युद्धमा पराजित भएका पुटिनले केही समय मिसाइलमा नै ध्यान दिने छन्। मिसाइलमा पनि कमजोर साबित भएमा या मिसाइलमा कमजोर भएपछि आणविक हतियार अन्तिम विकल्पको रूपमा प्रयोग गर्न सक्छ।

यो महिनाको युद्धमा अन्य धेरै विषय हुन सक्छन्। ती मध्येको सबैभन्दा प्रमुख विषय भनेको यस समयमा रुस जमिनको लडाइँमा धेरै कमजोर साबित भएको छ।
स्रोत : बीबीसी, इन्डिया टुँडे

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : २९ बजे

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा

महासंघले भन्यो : ‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

काठमाडौं– नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि