रियलले बार्सिलोनालाई हरायो « Khabarhub

रियलले बार्सिलोनालाई हरायो


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३–१ अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान एक एक गोल गरे। बार्सिलोनाको फेरान टोरेसले एक गोल गरे।

आइतबार १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लियो। ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दोस्रो गोल गरे। ८३औं मिनेटमा बार्सिलोनाका बैकल्पिक खेलाडी टोरेसले गोल गर्दा अग्रता २–१ मा भरेको थियो। तर, इन्ज्युरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गरेपछि रियल सिजनको पहिलो एल क्लासिकमा सहज जित निकाल्न सफल भयो।

जितसँगै रियलले नौ खेलबाट २५ अंक सहित शीर्षस्थानमा छ। सिजनको पहिलो हार बेहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ५९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि