यसपटकको चुनावमा पनि पैसाको चलखेल ! « Khabarhub

चुनावी चर्चा

यसपटकको चुनावमा पनि पैसाको चलखेल !

उम्मेद्वारलाई एजेन्डा भन्दा पैँसा र पावरको चिन्ता


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेदवारको प्रचार प्रसार तीव्र छ । दैनिक जसो सामाजिक सञ्जाल र प्रत्यक्ष अप्रत्यक्ष कार्यक्रममार्फत उम्मेदवारलाई आफ्ना लागि भोट मागिरहेका छन् ।

तर यसपटक पनि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका विशेष चुनावी एजेन्डा भने छैनन् । उनीहरु केवल नेता र कार्यकर्ता देखाएर भोट मागिरहेका छन् । यदाकता काठमाडौँ उपत्यकामै पनि उम्मेद्वार र उनीहरूका कार्यकर्ता एजेन्डा देखाएर भन्दा पैँसाको चलखेल गरेर भोट माग्ने कसरमा रहेका स्थानीय बताउँछन् ।

सत्तारुढ गठबन्धनकै नेताहरू यतिबेला भोटर देखाएर बार्गेनिङ गर्नेलाई पैँसा बाँडिरहेको गुनासो सर्वत्र छ । त्यति मात्रै होइन, गाउँघरमा समेत यतिबेला एजेन्डाभन्दा बढी पैँसाको चलखेलमा चुनाव जित्नेको चर्चा भइरहेको छ ।

पैँसा भएकै नेताले टिकट पाउने र पैँसा खर्च गर्न सक्नेले मात्रै चुनाव जित्ने नेताहरूको दृष्टिकोण छ । जसले गर्दा आम नागरिकमा पार्टी र नेताहरूप्रति वितृष्णा बढ्दो छ । आफूहरूप्रति वितृष्णा बढेपनि नेताहरूले चुनावमा पनि अझै पनि फोहोरो खेल खेल्न छाडेका छैनन् ।

काठमाडौँदेखि कर्णालीसम्मका दूरदराजका ठाउँमा पनि अहिले चुनावकै लहर छ । चुनावभन्दा बढी कुन नेताले कति पैँसा खर्च गर्‍यो ? कति चुनावी सभा गर्‍यो ? कति खर्च गरेर चुनावी सभामा नेता तथा महँगो तडकभडक गर्‍यो ? भन्ने चर्चा बढिरहेको छ ।

यो चर्चाले नेताहरूप्रति जनताको आक्रोश र वितृष्णा झन् झन् बढेको छ । चुनावमा सकेसम्म आश्वासन देखाउने, त्यो नसके, लोभ र धम्की दिने, त्यति पनि नगरे कार्यकर्ताको भेला देखाएर आफूतिर जमात देखाउने नेताहरूको प्रवृत्ति अझै हटेको छैन ।

चुनावमा पैँसा बाड्नुपर्छ, स्वतः भोट बढ्छ भन्ने गतल धारणाले गर्दा जनता आक्रोशित भएको, चुनावमा भोट हाल्नै नचाहेको तथ्य बिर्सेर पनि राजनीतिक दलका नेता कार्यकर्ता पैँसाकै चलखेलमा बढी खुशी देखिएका छन् । सरकारमा हुँदा भ्रष्टाचार गरेर राखेको पैँसा खर्च गर्ने, कार्यकर्ता र व्यापारीबाट चन्दा उठाउने प्रवृत्तिले गर्दा नेताहरू सोचेभन्दा बढी भ्रष्ट देखिने चुनावमै हो ।

नेता कार्यकर्तालाई जति धेरै तडकभडक गरे, त्यति धेरै खुशी र सफलता मिल्छ भन्ने बानी परेका नेताहरूमा अझै पनि पैँसाको चलखेल होइन, विचार र आवश्यकताको लागि राजनीति गर्नुपर्छ भन्ने सोच आएको छैन । राजनीतिक लिगेसी सम्झेर केवल व्यक्तिगत सत्ता स्वार्थले चुनाव लडिरहेका नेताहरूलाई यसपटक धेरै नागरिकले बहिष्कार अभियान चलाइरहेका छन् ।

त्यो बहिष्कारबाट बच्नका लागि पनि नेताहरू यतिबेला घर घर पुगेर भोट माग्न सक्ने अवस्थामा छैनन् । केवल सामाजिक सञ्जालमै प्रचार गर्ने र कार्यकर्तामार्फत मतदातालाई पैँसा बाँड्नै योजनामा रहेका नेताहरूबाट यतिबेला सबै जना सजग हुन आवश्यक छ ।

अन्यथा जनताको भोट पैँसामा किन्ने र आफू सत्तामा पुगेपछि भ्रष्टाचार मात्रै गर्ने दलीय प्रवृत्ति सच्चिन धेरै समय लाग्छ । जसले गर्दा फेरि पनि जनतालाई नै धोका हुनेछ ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : ३१ बजे

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट