दोस्रो पटक भिड्दै जमिन्द्र र टकराज  | Khabarhub Khabarhub

दोस्रो पटक भिड्दै जमिन्द्र र टकराज 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोड घटाउ र प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । चुनावी माहौल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको विषयमा छलफल र चर्चा भइरहेको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले प्रतिस्पर्धा गर्दै छन् ।

प्रदेशसभामा पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेश ‘क’ मा कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ भर्सेस एमाले लमजुङका पूर्वअध्यक्ष जमिन्द्रमान घले भिड्दैछन्। प्रदेशसभा ‘ख’ मा कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी चुनावी मैदानमा छन् ।

संघीय निर्वाचन र प्रदेश ‘ख’ मा दुई उम्मेद्वारबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो भने प्रदेश ‘क’ का उम्मेद्वारद्वय घले र गुरुङबीच अहिले दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । दुई उम्मेद्वारबीच भएको दोस्रोपटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासो र रोचकतापूर्वक हेरिरहेका छन् ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा ८९२ को झिनो मतान्तरले विजयी भएका घलेलाई मंसिर ४ गतेको प्रदेशसभा निर्वाचन भारी हुनसक्ने आँकलन कतिपयको छ ।

मतका आधारमा गठबन्धन अगाडि

२०७९ को स्थानीय तह निर्वाचनको वडागत मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धन लमजुङमा अगाडि देखिन्छ। कूल ३६ वटा वडा रहेको लमजुङमा प्रदेश सभा ‘क’ मा कांग्रेस र माओवादीका केही स्वतन्त्र उम्मेद्वारको मतसमेत गन्दा गठबन्धनले पाएको मत २१ हजार ३०९ रहेको छ। एमालेबाट उठेका वडाअध्यक्षहरुको मत १८ हजार ४४६ रहेको छ । वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन २ हजार ८ सय ६३ मतले अगाडि छ ।

त्यस्तै पालिका ४ वटा पालिकाका प्रमुखको मतलाई आधारमान्दा पनि गठबन्धनको १७ हजार ९११ मत छ भने एमालेको १७ हजार १३६ मत रहेको छ । यसलाई आधार मान्दा गठबन्धन ७७५ मतले अगाडि देखिन्छ ।

त्यस्तै ४ वटै पालिकाका उपप्रमुखले पाएको मतलाई आधार मान्दा पनि गठबन्धन अगाडि देखिन्छ । गठबन्धनका उपमेयर-उपाध्यक्ष पदका उम्मेद्वारले १७ हजार ६० मत पाएका थिए भने एमालेका उपमेयर/उपाध्यक्ष पदका उम्मेद्वारले १४ हजार ९४४ मत पाएका थिए । उपाध्यक्षको मतको आधारबाट हेर्दा पनि गठबन्धन २ हजार ११६ मतले अगाडि देखिन्छ ।

४ पालिकाका ८ जना प्रमुख/उपप्रमुख मध्य गठबन्धनबाट ५ जनाले जितेका छन भने एमालेबाट ३ जनाले जितेका छन् । कुल ३६ वटा वडामध्ये गठबन्धनको तर्फबाट २१ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् भने एमालेको तर्फबाट १५ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् ।

जनताको अभिमतमा एकपटक परीक्षण भइसकेका जमिन्द्रमान र नयाँ अनुहार डा. टकराज मध्ये कसलाई मतदाताले जिम्मेवारी सुम्पिने हुन् त्यसको परिणाम भने मंसिर ४ पछि नै थाहा हुनेछ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ५४ बजे

महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

यूएई – न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

दशैँ बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौं– बडादशैँ अन्तर्गतको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने

अल्सरको उपचार नगरे क्यान्सरको जोखिम

ग्याष्ट्रिक आम नेपालीको समस्याको रुपमा परिचित छ। पहिले-पहिले बढ्दो उमेरमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारसँग छलफल

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारको पुनःस्थापनका

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं– आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको