इरानकाे इभिन कारागारमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या ८ पुग्यो « Khabarhub

इरानकाे इभिन कारागारमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या ८ पुग्यो


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानको राजधानी तेहरानस्थित इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

यसअघि उक्त कारागारमा भएको आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु भएको र अरु ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले आइतबार जनाएको थियो ।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच झडप भएको र पछि आगलागी भएको जनाइएको छ । मृतकमध्ये अधिकांशको विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएको अधिकारीले जनाएका छन् । ती कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो ।

घाइते ६१ मध्ये ५१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र बाँकी १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

घटनापछि जारी प्रतिवेदन अनुसार अधिकारीहरुले चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाउन सफल भएका थिए । अस्पताल भर्ना गरिएका घाइतेहरुमध्ये थप चार जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : ०१ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले