नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको स्पाइरिङतर्फ पहिलो स्वर्ण गण्डकी प्रदेशले हात पारेको छ । आज भएको ४०-५० तौल समुहको  खेलमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्णपदक जिते । कर्णालीकै धामीले रजत पदक पाए । नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढामगरले कांस्यपदकमा चित्त बुझाए ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार योसँगै गण्डकी प्रदेशले जारी प्रतियोगितामा दुई स्वर्ण हासिल गरेको छ । यसअघि शनिबार भएको स्पर्धामा ‘रेड बेल्ट’तर्फ एकल प्याटर्नमा गण्डकीका भीम गाहाले स्वर्णपदक जितेका थिए । अहिलेसम्म भएका एकल प्याटर्न, टिम प्याटर्न र स्पाइरिङतर्फका खेलमा विभागीय टिम नेपाल आर्मीले सबैभन्दा बढी आठ स्वर्ण जितेर प्रतियोगितामा आफ्नो वर्चश्व बनाएको छ । तीन स्वर्णसहित बागमती प्रदेश दोस्रो स्थानमा छ ।

आईटीएफ नेपालका महासचिव अञ्जु रावतले आज विभिन्न तौल समूहमा स्पाइरिङतर्फका खेल भइरहेको जानकारी दिए। पुरुष टिम प्याटर्नमा स्वर्ण जित्ने नेपाली आर्मी र महिला टिम प्याटर्नमा स्वर्ण जित्ने बागमती प्रदेशका खेलाडीलाई आजै पदक वितरण गरिएको उनको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, श्रीमेहर गणका गणपति देवभक्त माणी श्रेष्ठ र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विजेता खेलाडीलाई पदक र नगर पुरस्कार प्रदान गरेका थिए ।

बुधबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडी सहभागी छन् । आईटीएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्यपदकका लागि खेलाडी स्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेलमैदानमा प्रतियोगिता चलिरहेको छ । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : २९ बजे

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा