मार्सी धानको उत्पादन पुनः सुरु « Khabarhub

मार्सी धानको उत्पादन पुनः सुरु


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् ।

खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचूर मात्रामा पाइने भएकाले यो सुष्म तत्त्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धा लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।

बालीचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाहीले बताए । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ३३ बजे

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा