१२ वर्षदेखि फरार अभियुक्त पक्राउ « Khabarhub

१२ वर्षदेखि फरार अभियुक्त पक्राउ


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती ९ हालको घोराही उपमहानगरपालिका-१९० बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद कैद सजाय फैसला भएको थियो ।

त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तमानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ चलान गरेको उनले जनाए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ०२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन