अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ « Khabarhub

अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेकपा (एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिई डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भई हाल चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर लामा र सङ्खुवासभा पाँचखपन–८ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय सुवास भन्ने रविनकिशोर राई छन् ।

उनीहरूको समूहले गत भदौ २५ गते राति ३ बजे बस्नेतको घर कम्पाउण्डको ढोका, घरको मूलढोका र बस्नेत सुत्ने कोठाको ढोकासमेत फोडेर घरका सदस्यलाई पेस्तोल ताकेर डाँका गरेका थिए । सो क्रममा अपहरणको धम्कीसमेत दिइएको थियो । घटनाको बेला बस्नेत काम विशेषले पोखरा गएका थिए ।

प्रहरीले उनीहरूको साथबाट स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, सो पेस्तोलको म्याग्जिन एक थान, गोली दुई राउण्ड, खुकुरी एक थान, फलामको रड एक थानलगायत विभिन्न घरेलु औजार बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : २६ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न