अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ « Khabarhub

अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेकपा (एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिई डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भई हाल चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर लामा र सङ्खुवासभा पाँचखपन–८ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय सुवास भन्ने रविनकिशोर राई छन् ।

उनीहरूको समूहले गत भदौ २५ गते राति ३ बजे बस्नेतको घर कम्पाउण्डको ढोका, घरको मूलढोका र बस्नेत सुत्ने कोठाको ढोकासमेत फोडेर घरका सदस्यलाई पेस्तोल ताकेर डाँका गरेका थिए । सो क्रममा अपहरणको धम्कीसमेत दिइएको थियो । घटनाको बेला बस्नेत काम विशेषले पोखरा गएका थिए ।

प्रहरीले उनीहरूको साथबाट स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, सो पेस्तोलको म्याग्जिन एक थान, गोली दुई राउण्ड, खुकुरी एक थान, फलामको रड एक थानलगायत विभिन्न घरेलु औजार बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : २६ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम