त्रिविको करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन « Khabarhub

त्रिविको करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी भएको आचारसंहिताको प्रतिकुल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानले पदपूर्ति गरेको आयोगले जनाएको छ ।

स्पष्टीकरणमा पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न गरिएको छ ।

होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ रु भनी आयोगले स्पष्टीकरण सोधेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : ५० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।