राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लण्डन– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए । 

तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् । तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतले एयरपोर्टमा स्वागत गरेका थिए ।

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । शुभकामना साँझमा नेपालीबाट आएका कलाकारसँगै स्थानीय कलाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ ।  

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ३८ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक