तरकारी खेतीमा जलवायुमैत्री प्रविधि अपनाउँदै दैलेखका कृषक | Khabarhub Khabarhub

तरकारी खेतीमा जलवायुमैत्री प्रविधि अपनाउँदै दैलेखका कृषक


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दैलेख-जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकले जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने अभियानमा समेत स्थानीय सक्रिय छन् ।

डिसिए नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजना र युरोपियन युनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित उत्थान परियोजनाले तरियाँका कृषकहरूलाई विभिन्न सहयोग गर्दै आएको छ ।

गाउँमा तरियाँ बेमौसमी तरकारी उत्पादन कृषक समूह गठन गरिएको छ । समूहमा १५ जना किसान आबद्ध छन् । सोसेक नेपालबाट यहाँका कृषकहरूलाई १० वटा फलामे पलाष्टिक घर र २० वटा कच्ची पलाष्टिक घर सहयोग उपलब्ध गराइएको उत्थान परियोजनाका कृषि प्राविधिक संगम बिस्टले बताइन् ।

उनका अनुसार कृषकलाई १५ वटा पहेँलो पासो, १५ वटा मोहनी पासो, २० वटा पलाष्टिक पोखरी, २० वटा हजारी, ३० वटा जैविक विषादी बनाउने पलाष्टिक ड्रम, २० वटा थोपा सिँचाइ, २० वटा दाँते, १५ वटा लिफ कलर चार्ट, ३० वटा पन्जा र २० जोर गार्डेन पाइप सहयोग गरिएको छ । स्थानीय ३० घरधुरीमा भकारो सुधार कार्यक्रम समेत कार्यान्वयन गरिएको छ ।

कृषि प्राविधिक बिस्टले तरियाँ गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउन उत्थान परियोजना र ग्रिन कर्णाली परियोजनाबाट विभिन्न गतिविधि सञ्चालन गरिएको बताइन् । ग्रिन कर्णाली परियोजनाले गाउँमा हरित प्रवर्द्धनका लागि १५ जना कृषकलाई तीन सय कागतीका बिरुवा दिएको थियो ।

गाउँका कृषकहरू अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा हौसिएको स्थानीय कर्णबहादुर थापा बताउँछन् । गाउँमा तरियाँ बेमौसमी तरकारी उत्पादन कृषक समूहका अध्यक्ष समेत रहेका थापाले गाउँका सबै कृषकहरूले तरकारी खेती लगायतका गतिविधिमा जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाइरहेको बताए ।

समूहका सचिव जयबहादुर खड्काले कृषकहरूले टनेलमा तरकारी खेती गरिरहेको बताए । ‘भकारो सुधार कार्यक्रम कार्यान्वयन गरिएको छ,’ उनले भने, ‘हामीले नमुना गाउँ बनाउन जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाएका छौँ ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ४६ बजे

मन्थली-खिम्ती सडक कालोपत्र भएको १५ दिनमै उप्कियो

रामेछाप– मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ ।

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

पाटन– ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएको व्यक्तिगत संरचना भत्काएको

फ्रिक्वेन्सी बक्यौता विवाद : पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ

काठमाडौं– भारतीय ब्यान्डविथ सप्लायर्स कम्पनी टाटाले एनसेललाई उपलब्ध गराउँदै आएको

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु

झापा– विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी