गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत « Khabarhub

गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तम्घास – प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए।
भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार बनाउँदा पार्टी संरचना ध्वस्त हुने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ। गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए। भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई सहज भएको आँकलन गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : ४६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र