पेट दुख्ने बालबालिकामा ग्याष्ट्रिकभन्दा कब्जियत धेरै « Khabarhub

पेट दुख्ने बालबालिकामा ग्याष्ट्रिकभन्दा कब्जियत धेरै



काठमाडौँ – पेट दुख्ने, झाडापखाला लागिरहने, वाकवाकी लाग्ने र वान्ता गर्ने समस्या आम बालबालिकामा विद्यमान बहु प्रचलित समस्या रहिआएको छ । एक महिनासम्म दिसा गर्न गाह्रो भए, दिसा गोटा परे, कडा दिसा भए त्यसलाई कब्जियत भनिन्छ । फाइबर र रेसायुक्त खानपानको कमी, जंक तथा फास्टफुडको कारण बालबालिकामा कब्जियतको समस्या देखिने गरेको छ । यसै विषयमा आधारित रहेर कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर सुमित अग्रवालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

चिसो बढेसँगै बालबालिकाको पेटमा कस्तो समस्या देखा परेको छ ?
पछिल्लो समय पेट सम्बन्धित बच्चाहरूमा पानी कम खाने भएको कारणले कब्जियत धेरै भएको छ ।

चिसो को कारणले नै कब्जियत भएको हो त ?
नेपालमा त यसको अध्ययन गरिएको छैन तर भारतमा गरेको एउटा अध्ययान अनुसार कोभिड पछि बच्चाहरू बढी ग्याजेट प्रति आकर्षित हुने र शारीरिक क्रियाकलापहरू कम हुने कारण गर्दा यो समस्या बढेको छ ।

कुन उमेरको बालबालिकामा यो धेरै देखिएको छ ?
कसैमा जन्मजात भएको हुन्छ र कोहीलाई पछि देखिन्छ । यही उमेरमा बढी हुने भन्ने अध्ययन कम नै छ तर ६ वर्ष मुनिको बच्चामा हुने, तौल नबढ्ने, अरू लक्षणहरू देखिने भयो भने डाक्टरको सल्लाह लिनु पर्दछ ।

नबोल्ने यस्तो भयो भनेर नभन्ने बालबालिकामा कब्जियत भएको कसरी थाहा पाउने त ?
जब सम्म बच्चा ट्वाइलेट जान सक्दैन तब सम्म आमाबाबालाई थाहा हुन्छ किनभने बच्चाले कति बेला दिसा गर्याे गरेन भनेर तर जब बच्चा आफै ट्वाइलेट जाने गर्दछ बा आमालाई पनि थाहा हुँदैन त्यस्ता बच्चाहरू पेट दुख्यो भनेर आउँछन् र हामीले कारण सोध्दै जाँदा कब्जियत भएको हुन्छ । धेरै बालबालिकामा पेट दुख्यो भने अरू कारण भनेर अरू उपचार हुने हुँदा पनि यो समस्या बढेको छ । अहिले हामीले हेरेको ग्यास्ट्रोपेडीको बच्चाहरूमध्ये झन्डै ८० प्रतिशत मा कब्जियत देखिएको छ ।

कान्ति बाल अस्पतालमा अहिले कब्जियत नै लिएर आउने क्रम कस्तो छ ?
अन्तको तथ्यांक हेर्ने हो भने,सामान्य ओपिडीमा १५ देखि २० प्रतिशत बच्चाहरू कब्जियतको समस्या लिएर आउँछन् । हाम्रोमा त्यस्तो तथ्यांक छैन । पेट रोग को समस्या लिएर ओपिडीमा आउने बच्चाको संख्या २० देखि ३० प्रतिशत हुन्छ ।

यो सामान्य हो भनेर समयमा उपचार भए भने पछि कस्तो जटिलता हुन सक्छ ?
समयमा उपचार भएन भने अरू असरहरू छोरी मान्छेहरूमा युरिनको इन्फेक्सन हुने,कतिमा किड्नी फुल्ने समस्या हुन्छ । पेट दुख्दा ग्यास्ट्रिक पनि हुन्छ र साइकोलोजिकल असर पनि हुन सक्छ ।

कब्जियत भएको कुन अवस्थामा अस्पताल जानै पर्दछ त ?
कब्जियत भई सके पछि हामीले घरमा नै पानी प्रशस्त खुवाउने,बच्चालाई समय समयमा ट्वाइलेट लग्ने, हरियो सागपात धेरै खुवाउने यति गर्दा पनि भएन भने अस्पताल जानु पर्दछ ।

यो समस्या नआओस् भनेर अभिभावकले के गर्ने ?
खानामा हरियो सागपात,सलादहरू बच्चालाई समय समयमा खुवाउने,पानी धेरै पिउने,दैनिक रूपमा बच्चालाई खाना खाएको ५ देखि २० मिनेट भित्रमा ट्वाइलेट गराउने किन भने खाना खाइसके पछि हाम्रो आन्द्राहरू बढी चल्छ । त्यसैले त्यो समय उपयुक्त हो । हाम्रो बिहान गराउनु पर्दछ भन्ने भनाई छ तर सुरुमा बानी लगाउँदा खाँदा खाए पछि गराउनु पर्दछ ।

बालबालिकामा कब्जियत भन्दा अरू समस्या कस्तो लापरबाहीले आएको छ ?
एच पाइलोरी र नन् एच पाइलोरी ग्यास्ट्रिक ,फंसनल डिसअडर हुन सक्छ ।

बालबालिकामा पेटमा कुनै समस्या नआओस् भनेर हामीले पहिला नै के के कुरामा ध्यान दिने त ?
सबै भन्दा पहिला ब्यालेन्स डाइट एक भाग कार्बोहाइड्रेट,एक भाग साग सलाद,एक भाग दाल जसमा प्रोटिन हुन्छ यसरी खुवाउन सकियो भने पेट रोग सम्बन्धी धेरै रोग कम हुन्छ । नियमित व्यायाम गर्ने गराउनु पर्दछ । हामी सबै जनाले नियमित व्यायाम,सन्तुलित आहार गर्ने, उचित मात्रामा पानी पिउने, खाना खानु भन्दा अगाडि राम्री हात धुने गर्नु पर्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : २९ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण