चुनाव प्रचारको अन्तिम दिन आज, शीर्ष नेता कहाँ छन्? « Khabarhub

आम निर्वाचन-२०७९

चुनाव प्रचारको अन्तिम दिन आज, शीर्ष नेता कहाँ छन्?


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले प्रचार प्रसारमा गर्ने क्रम आज सकिँदैछ।

आज मध्यरातिदेखि स्थिर समय सुरु हुने भएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरुलाई आज प्रचार प्रसारलाई सक्ने तयारी गरेका हुन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आज सुदूरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन्। उनले अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनी अब मतदान गरेर मात्रै काठमाडौँ फर्कनेछन्।

दार्चुलाबाट चुनावी अभियान थालेको नेकपा एमालेले झापामा अन्त्य गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्दै छन्। निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने काठमाडौँको चुनावी सभामा व्यस्त हुने सम्भावना रहेको उनको सचिवालयले जनाएको छ।यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सोही चुनावी सभामा सहभागी हुने बताइएको छ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते अर्थात आज मध्यराति १२ बजेसम्म १५ दिन निर्वाचन प्रचार प्रसार गर्ने समय तोकेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ०२ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा