सत्ता गठबन्धनको अन्तिम चुनावी सभा काठमाडौँमा, प्रचण्ड, माधव र गगन थापाले सम्बोधन गर्ने « Khabarhub

सत्ता गठबन्धनको अन्तिम चुनावी सभा काठमाडौँमा, प्रचण्ड, माधव र गगन थापाले सम्बोधन गर्ने


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौँमा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित सत्ता गठबन्धनले दिउँसो २ बजे काठमाडौँको कोटेश्वरमा चुनावी सभा गर्न लागेको हो । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन् ।

काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुन् ।

काठमाडौं २ मा ०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए, भने ०७० दोस्रो संविधानसभा निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट १ बाट विजयी भएका थिए । उनले काठमाडौं २ छोड्दा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुँइकेल विजयी भएका थिए ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल विजयी भएका थिए । एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल यो निर्वाचनमा रौतहटबाट चुनाव लड्दै छन् ।

आज मध्यरातबाट मतदानको दिनसम्म मौन अवधि मानिनेछ। मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ४५ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा