नुवाकोट क्षेत्र नं २ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

नुवाकोट क्षेत्र नं २ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

त्रिशूली- यही मङ्सिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास छ । निर्वाचनको प्रतिस्पर्धामा जित र हारको आलोपालो नतिजा व्यहोर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केसी यस पटक नतिजा आफ्नो पक्षमा आउने पालो पर्खिएको मात्रै छैन जीवनको अन्तिम पटकको चुनावी यात्रा भन्दै सुखद् नतिजाको पर्खाइमा छन् । त्यसका लागि सत्तारुढ दलबीचको गठबन्धनको साथ र सुधारिएको पार्टीको संगठन बलियो आधार भएको उनको दाबी छ।

‘मेरो प्रतिस्पर्धी कोही छ जस्तो लाग्दैन’, उम्मेदवार केसीले दाबीका साथ भने, ‘पार्टीगत प्रतिस्पर्धाका लागि तयार भएको व्यक्ति हुँ, संविधानको रक्षा र नेपाली नागरिकको मौलिक हक सुनिश्चित गर्न सत्तारुढ दलहरूबीचको गठबन्धनसहितको साझा उम्मेदवारसमेत भएकाले जितभन्दा पनि मतान्तर फराकिलो बनाउने कसरतमा छु ।’

यसअघिको निर्वाचन २०७४ मा करिब १० हजार मतले केसीलाई पराजित गरेर विजयी भएका नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा यस पटक पनि नतिजा आफ्नै पक्षमा आउने दाबी गर्छन् । ‘निर्वाचित भएको पाँच वर्षको अवधिमा जनताको विश्वास र मतको दुरुपयोग हुन दिइनँ’, उम्मेदवार खतिवडाले भने, ‘भूकम्पपछिको पुनःनिर्माण, कोरोनाकालको समयमा त्रिशूली अस्पतालमा आरटी-पिसीआर प्रयोगशालासहित देशभरकै उत्कृष्ट बनाउन पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थाले नागरिकको स्वास्थ्यमा सुधार, कृषिका लागि जोन, पकेट र ब्लक कार्यक्रमको विस्तार लगायतमा गरेको सेवा मेरो जितको आधार हो ।’

एमालेका उम्मेदवार खतिवडाका लागि अघिल्लो पटकको जस्तो नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन छैन । पार्टी फुटको असरलाई सुधार गर्नुपर्ने दबाबमा उनी छन् । यस पटकको निर्वाचनमा जनताले जितको भारी बोकाउने विश्वासमा रहेका केसी र खतिवडाका लागि चुनौतीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे हुन्। पर्यटन व्यवसायमा बनाएको छवि बोकेर राजनीतिक यात्रामा होमिएका पाण्डे आफूलाई वैकल्पिक शक्तिका रूपमा जनताले चाहेको र परिवर्तनको नेतृत्वका रुपमा प्रस्तुत गर्छन् ।

निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ उम्मेदवारमध्ये अधिकांशले आफ्नो प्रचारलाई तीव्र बनाएका छन् । स्वतन्त्र भनिएका र केही साना दलका उम्मेदवारले मनोनयन दर्तासँगै गुमनाम भए पनि अधिकांश उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा लागिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेल, नेपाल मजदुर किसान पार्टीका गणेशमान बाटाकक्षी, लोकतान्त्रिक समाजवादी पार्टीका धनकुमारी सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेममाया तामाङ र जनसमाजवादी पार्टीका हिमाल जोशीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको बताएका छन् ।

स्वतन्त्र उम्मेदवार गायत्री दाहाल, सुदर्शन पुडासैनी र विनोदकुमार तामाङले सामाजिक सञ्जाल तथा निर्वाचन क्षेत्रमा आफ्नो प्रचार-प्रसार, मतदाता भेटघाटसहितको घरदैलो कायमै राखिरहेको जनाए ।

यस निर्वाचन क्षेत्रमा पर्ने विदुर र बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, म्यागङकिस्पाङ गाउँपालिकामा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १ : १० बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को