काठमाडौँ-६ लाई पर्यटकीय गन्तव्य बनाउने खनालको दाबी | Khabarhub Khabarhub

काठमाडौँ-६ लाई पर्यटकीय गन्तव्य बनाउने खनालको दाबी


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बनेका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका छन् । बुधबार साँझ बागबजारमा भेटिएका खनालले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने खाका लिएर आएको दाबी गरे । 

एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका खनालले यसअघि काठमाडौँ-६ बाट दुईपटक सांसदमा निर्वाचित भइसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुन्दर, स्वच्छ र हराभरा पर्यटकीय क्षेत्र बनाउन नसकेको आरोप लगाए । 

प्रहरी सेवाबाट अवकाशपछि एमाले पार्टीमा प्रवेश गरेका खनालले सोही क्षेत्रबाट यसअघि निर्वाचित तथा सत्ता गठबन्धनका प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्। 

उम्मेदवार खनालले आफूप्रति मतदाताको उत्साहप्रद सहभागिता रहेको बताउँदै यस क्षेत्रको धेरै ठाउँमा पानी, ढल, धुलोधुवाँ तथा जताततै छरपस्ट तारको समस्या रहेको बताए। 

उनले सो क्षेत्रमा जनताका आधारभूत आवश्यकतासमेत नभएको दाबी गरे। ‘पर्यटकीय दृष्टिकोणले ठमेल र सांस्कृतिक दृष्टिकोणले असनलाई विकास गर्न सकिन्छ’, उनले भने, ‘मतदाताहरुले पनि यस क्षेत्रमा आधारभूत आवश्यकता पूरा हुन नसकेको बताउनुभएको छ ।’

उनले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै खोलाका दुवै किनारामा करिडोर, हरियाली पार्क बनाउने योजना रहेको बताएका छन् । उनले युवालाई बढी फोकस गरी काम गर्ने पनि बताए। 

सडक, धारा, ढल, बिजुली आदि काम क्रमिकरूपमा बने पनि सम्बन्धित निकायबीच आपसी समन्वय नभएको उनको भनाइ छ । जसले गर्दा सहर कुरूप देखिएको उनको भनाइ छ । विगतमा आफूले प्रहरी सेवामा काम गरेको अनुभव तथा मूल्यांकनका आधारमा आफूमार्फत् मतदाताले सो क्षेत्रको विकास चाहेको बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : ३० बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को