खोटाङका मतदानस्थलमा पुग्यो निर्वाचन सामग्री « Khabarhub

खोटाङका मतदानस्थलमा पुग्यो निर्वाचन सामग्री


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् ।

सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । निर्वाचनका लागि आवश्यक सामग्री सहित एक हजार ५५८ जना कर्मचारी परिचालन भएका छन् ।

मतदानस्थलको सुरक्षाका लागि करिब एक हजार आठ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन सामग्रीसहितका कर्मचारीको टोलीले बिहीबार आठ वटा बस रिजर्भ गरेकाछन् । बुधबार दुईवटा र मंगलबार पाँचवटा बस रिजर्भ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका लागि ३८ वटा जिप रिजर्भ भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चार वटाका दरले मतपेटिका पठाइएको छ । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार-प्रसार र शान्ति भंग गर्न निषेधसम्वन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी गर्ने सहायक निर्वाचन अधिकृत यादवले बताए । 

यस्तै, शुक्रबारबाट मत गणनास्थल तयारीको काम सुरु गरिने छ । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ४ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन