खोटाङका मतदानस्थलमा पुग्यो निर्वाचन सामग्री « Khabarhub

खोटाङका मतदानस्थलमा पुग्यो निर्वाचन सामग्री


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् ।

सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । निर्वाचनका लागि आवश्यक सामग्री सहित एक हजार ५५८ जना कर्मचारी परिचालन भएका छन् ।

मतदानस्थलको सुरक्षाका लागि करिब एक हजार आठ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन सामग्रीसहितका कर्मचारीको टोलीले बिहीबार आठ वटा बस रिजर्भ गरेकाछन् । बुधबार दुईवटा र मंगलबार पाँचवटा बस रिजर्भ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका लागि ३८ वटा जिप रिजर्भ भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चार वटाका दरले मतपेटिका पठाइएको छ । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार-प्रसार र शान्ति भंग गर्न निषेधसम्वन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी गर्ने सहायक निर्वाचन अधिकृत यादवले बताए । 

यस्तै, शुक्रबारबाट मत गणनास्थल तयारीको काम सुरु गरिने छ । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ४ : ०७ बजे

पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा

तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी

काठमाडौं– काठमाडौँको टोखाका चाकु व्यवसायीले तराईबाट सख्खर ल्याएर व्यवसाय धान्दै

विराटनगरको ब्याटिङ संकटमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले

विशेषज्ञ चिकित्सक नहुँदा बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द

म्याग्दी– विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया

रास्वपामा विलय भयो विवेकशील साझा पार्टी, आइतबार घोषणा हुँदै

काठमाडौं- विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएको