तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना « Khabarhub

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए । 

‘सबै मतपेटिकाहरू संकलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ’, उनले भने, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’

मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले भने, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’ अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए ।

उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए। बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए। 

आगामी दुई दिनभित्र मतदान केन्द्र निर्माणको कार्य पूरा भइसक्ने आयोगले जनाएको छ । प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचनको मुख्य सरोकार पक्ष भनेको उम्मेदवार र मतदाता नै हुन् । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकाले विगतका जस्तो तडकभडक नभएको आयोगले जनाएको छ ।

यही मङ्सिर ४ गते देशभर एकै चरणमा हुने उक्त निर्वाचनको लगभग सम्पूर्ण तयारी पूरा भएको सो अवसरमा जानकारी दिइयो । उक्त निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतदाताले निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नुहुनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ५ : ३५ बजे

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा