पाल्पा क्षेत्र नं २ मा पूर्वसहकर्मी बीच कडा प्रतिस्पर्धा | Khabarhub Khabarhub

पाल्पा क्षेत्र नं २ मा पूर्वसहकर्मी बीच कडा प्रतिस्पर्धा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रामपुर– चुनावको सरगर्मी तातेका बेला पाल्पाको क्षेत्र नं २ मा यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानिएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २ को निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । यहाँ प्रतिनिधिसभा सदस्यमा पूर्वसहकर्मी बीचको चुनावी प्रतिस्पर्धा छ। नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा रहेका सहकर्मी सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेबीचको चुनावी प्रतिस्पर्धाले आम मतदातामा उत्सुकता छाएको छ । तीन दशकदेखि नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा निस्केका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । पाण्डेय लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार हुन् भने गैरेले एमालेबाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनका उम्मेदवार पाण्डेयले विसं २०५१ देखि हालसम्म पाँच पटक उम्मेदवार भएकामा चार पटक निर्वाचित भई संसद्मा नेतृत्व गरिसकेका छन् । विसं २०६४ को संविधानसभा निर्वाचनमा भने उनी नेकपा माओवादीकी उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए ।

तीन दशकसम्म राजनीतिमा अनवरतरूपमा लागेका गैरेले एमालेबाट पहिलो पटक आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने अवसर पाएका छन् । गैरे नयाँ उम्मेदवार हुन् । मतदाताले नयाँ र सक्षम व्यक्तिको नेतृत्व चाहेको र जनताको हरेक सुख दुःखमा आफू राम्रोसँग घुलमिल भएकाले यस पटक राम्रो मतका साथ विजयी हासिल गर्ने उनले बताए ।

 गठबन्धनका उम्मेदवार पाण्डेय यसभन्दा अघिका निर्वाचनमा आफ्नो कार्यशैली र योगदान बुझेर जनताले संसद्मा नेतृत्व गर्ने अवसर दिएकाले यस पटक पनि आफूले उम्मेदवारी दिएको बताउँछन्। यसभन्दा अघि आफू नेतृत्वमा रहँदा जनताका अधिकांश समस्या सम्बोधन गरेकाले यस पटक पनि भारी मतले निर्वाचन जित्ने उनको दाबी छ।

उनले सिद्धबाबा सडकको सुरुङमार्ग निर्माणका लागि संसद्देखि सडकमा आवाज उठाउँदै आएको र जोखिमपूर्ण सडकमा सुरुङमार्ग बनाउने काम चार महिनादेखि अगाडि बढेको, तानसेन बुटवल सडकलाई विस्तार गरी चार लेनको सडक बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगारलगायतका चुनावी योजना ल्याएका छन्।

पाल्पाको विकासमा २०५१ देखि नै प्राथमिकता दिएर काम गर्दै आएको र जिल्लाको पर्यटन विकास, एमालेमा रहँदा मदनपोखरा पोलिटेक्निकल आफ्नै पहलमा जिल्लामा आएको, तानसेनको पहिचान विश्वव्यापी बनाई पर्यटकीय गतिविधि बढाउन टाढा टाढाबाट देखिने गरी तानसेन होर्डिङ बोर्ड निर्माण, हार्थोकदेखि छहरासम्मको बाटो विस्तारलगायतका क्षेत्रमा आफूले काम गरेको उम्मेदवार पाण्डेयले बताए ।

अस्तव्यस्त बनेका सडकलाई व्यवस्थित बनाउने, युवा स्वरोजगार, कृषि उद्यमशीलता, सम्भावना बोकेका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, जिल्लामा रहेका अधुरा योजना पूरा गर्ने जस्ता योजना जनतामाझ लिएर आएको उम्मेदवार गैरेले बताए।

 पाल्पा क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डेय, एमालेका गैरेसहित जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मङ्गोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका ताराबहादुर खत्री, जनता समाजवादी पार्टीका दुर्पता सोमै र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जीवलाल सुवेदी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

पाल्पा क्षेत्र नंं २ मा भएका छ वटा निर्वाचनमा नेपाली कांग्रेसले २०४८ र २०७० मा गरी दुई पटक, एमालेले २०५१, २०५६, २०६४ र २०७४ मा विजयी हासिल गरेको थियो । पाँचवटा स्थानीय तह रहेको पाल्पा क्षेत्र नंं २ मा २०७४ मा बगनासकाली, रैनादेवीछहरामा नेपाली कांग्रेस, तानसेन, रिब्दीकोटतिनाउँमा एमालेले विजयी हासिल गरेको थियो भने स्थानीय निर्वाचन २०७९ मा गठबन्धनले तीनवटा र एमालेले दुईवटा पालिकामा जित हासिल गरेका छन् । 

पाल्पा क्षेत्र नंं २ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको छ । वडाध्यक्षको मतको आधारमा नेकपा एमालेको ३० हजार पाँच सय ३६, नेपाली कांग्रेसले २९ हजार ३९, माओवादी केन्द्रले चार हजार तीन सय १३, एकीकृत समाजवादीले चार सय ३३ मत र राष्ट्रिय जनमोर्चाले आठ सय ८४ मत पाएको छ । पाल्पा क्षेत्र नंं २ मा एक लाख पाँच हजार दुई सय ९३ जना मतदाता छन् । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : ४० बजे

नेपाललाई स्तब्ध पार्दै उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबल को उपाधि

काठमाडौं – श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल

कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

काठमाडौं – हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको

दक्षिण भारतमा रेल दुर्घटना हुँदा १९ जना घाइते

नयाँ दिल्ली – भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क

भिमापोखरामा नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

गलकोट– काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका 

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा