विश्व इतिहासमा आज : अरब क्रन्तिको सुरु | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : अरब क्रन्तिको सुरु


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को १७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह
सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहमद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए । शरिरमा आगो लगाएको १८ दिनपछि २६ वर्षीय मोहमदको मृत्यु भएको थियो । उनको विरोध र मृत्यु ट्युनिसिया क्रान्तिका लागि एउटा उत्प्रेरक बनेको थियो । उनको मृत्युपछि अरब मुलुकमा त्यस्तै प्रकृतिका मृत्यु र विरोध प्रदर्शन भएका थिए ।

अरब क्रन्तिको सुरु
सन् २०१० मा अरब देशहरुमा क्रान्ति सुरु भएको थियो । १६ डिसेम्बरमा ट्युनिसियाका एक व्यापारीले सरकारको विरोधमा आत्मदाह गरेपछि ट्युनिसियाको आगोको झिल्को सम्पूर्ण अरब देशहरुमा फैलिएको थियो । क्रान्तिको असर पनि ट्युनिसायबाटै भएको थियो । ट्युनिसियाका तत्कालिन राष्टपति जिने इल अबिदिने बेन अलीले राजीनामा दिएसँगै फैलिएको अरब आन्दोलनले त्यस क्षेत्रका विभिन्न देशमा असर गरेको थियो ।

एनिमियटेड शृंखला दि सिम्पसनको प्रसारण
अमेरिकाको लोकप्रिय एनिमियटेड शृंखला दि सिम्पसनको आजकै दिनबाट टेलिभिजनमा प्रसारण सुरु भएको थियो । म्या ग्रोइनिङले निर्देशन गरेको सो शृंखलामामा सिम्पसनको परिवारको जीवनबारे चित्रण गरिएको थियो ।

राइट ब्रोदर्सको जहाज पहिलो पटक उडेको दिन
अमेरिकीका दाजुभाई ओरभिल र विलबर राइटले आविश्कार गरेको जहाजको आजकै दिन अर्थात सन् १९०३ को १७ डिसेम्बरमा पहिलो उडान भरेको थियो ।

भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा
सन् १९५२ मा युगोस्लाभियाले एकतर्फी रुपमा भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : १२ बजे

अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका