विश्व इतिहासमा आज : अरब क्रन्तिको सुरु « Khabarhub

विश्व इतिहासमा आज : अरब क्रन्तिको सुरु


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को १७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह
सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहमद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए । शरिरमा आगो लगाएको १८ दिनपछि २६ वर्षीय मोहमदको मृत्यु भएको थियो । उनको विरोध र मृत्यु ट्युनिसिया क्रान्तिका लागि एउटा उत्प्रेरक बनेको थियो । उनको मृत्युपछि अरब मुलुकमा त्यस्तै प्रकृतिका मृत्यु र विरोध प्रदर्शन भएका थिए ।

अरब क्रन्तिको सुरु
सन् २०१० मा अरब देशहरुमा क्रान्ति सुरु भएको थियो । १६ डिसेम्बरमा ट्युनिसियाका एक व्यापारीले सरकारको विरोधमा आत्मदाह गरेपछि ट्युनिसियाको आगोको झिल्को सम्पूर्ण अरब देशहरुमा फैलिएको थियो । क्रान्तिको असर पनि ट्युनिसायबाटै भएको थियो । ट्युनिसियाका तत्कालिन राष्टपति जिने इल अबिदिने बेन अलीले राजीनामा दिएसँगै फैलिएको अरब आन्दोलनले त्यस क्षेत्रका विभिन्न देशमा असर गरेको थियो ।

एनिमियटेड शृंखला दि सिम्पसनको प्रसारण
अमेरिकाको लोकप्रिय एनिमियटेड शृंखला दि सिम्पसनको आजकै दिनबाट टेलिभिजनमा प्रसारण सुरु भएको थियो । म्या ग्रोइनिङले निर्देशन गरेको सो शृंखलामामा सिम्पसनको परिवारको जीवनबारे चित्रण गरिएको थियो ।

राइट ब्रोदर्सको जहाज पहिलो पटक उडेको दिन
अमेरिकीका दाजुभाई ओरभिल र विलबर राइटले आविश्कार गरेको जहाजको आजकै दिन अर्थात सन् १९०३ को १७ डिसेम्बरमा पहिलो उडान भरेको थियो ।

भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा
सन् १९५२ मा युगोस्लाभियाले एकतर्फी रुपमा भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : १२ बजे

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री

दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।