कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै | Khabarhub Khabarhub

कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।

प्रतियोगिताको फाइनल अघि नै तेस्रो स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ। विश्वकफ फुटबलको फाइनलमा सोमबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनल पुगेर फ्रान्ससँग पराजित भएको टिम हो। दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छन्। मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको हो भने क्रोएसिया अर्जेन्टिनासँग ३-० ले पराजित हुँदै तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न पुगेको हो।

समूह चरणमा भएको क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल भएसँगै कतार विश्वकपको समीकरण पूरा हुनेछ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ४० बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा