सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल « Khabarhub

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ।

सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रबार सुकुटेमा सरोकारवाला निकायसँग छलफल गरेको हो ।

राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो।

कार्यक्रममा नवनिर्वाचित सांसद माधव सापकोटाले सुकुटे क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधासहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए।

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे बजारले पर्यटकीय र धार्मिक महत्व बोकेको उल्लेख गरे। अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके त्यसले ऐतिहासिक महत्वलाई समेत जिवित राख्न मद्दत पुग्ने उनको भनाइ थियो।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताए। सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उनको भनाइ छ।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले लगानी र सुरक्षाको वातावरण स्थानीय सरकाले बनाउने हुँदा व्यवसायीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो। पर्यटन एवं होटल व्यवसायी नारायण श्रेष्ठले सो क्षेत्रको पर्यटन प्रवद्र्धनका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए।

सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले तीन वर्ष अगाडि आयोजना गरिएको सुकुटे महोत्सवबाट पारित १० बुँदे घोषणा कोरोना भाइरसका कारण कार्यान्वयनमा समस्या परेकाले आवश्यकताअनुसार ती घोषणालाई कार्यान्वयनमा लानुपर्ने छलफलको निष्कर्ष छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : १० बजे

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै