चिसोबाट बालबालिकालाई जोगाउने खानेकुरा « Khabarhub

चिसोबाट बालबालिकालाई जोगाउने खानेकुरा


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाडो महिना बालबालिकाका लागि जोखिमपूर्ण मानिन्छ। मौसम परिवर्तनले गर्दा यो बेला विभिन्न किसिमका सङ्क्रमण हुन सक्छन्। जाडोमा रोगसँग लड्ने क्षमतामा कमी आउने भएकोले विशेष गरी बालबालिकामा सङ्क्रमणको समस्या बढी हुन्छ। बिरामी भएपछि बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन्।

औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै सिकिस्त हुँदै जान्छन्। लामो समयसम्म खानेकुरामा ध्यान पुर्‍याउन नसक्दा शारीरिक र मानसिक रुपमा नराम्रो असर पर्न सक्छ। चिसो मौसममा न्यानो लुगाले मात्रै पुग्दैन। पोषिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ।

बालबालिकालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ। त्यसपछि बालबालिकालाई दूधले मात्रै नपुग्ने भएकाले दूधका साथै अरु खानेकुरा पनि खुवाउनुपर्छ। बाहिरका अरु खानेकुराभन्दा पनि लिटो खुवाउनुपर्छ।

लिटो
भटमास, गहुँ, चामल, मकै र बदामलगायतका खानेकुरा मिसाउनुपर्छ। त्यसमा अलिकति घ्यू पनि राख्नुपर्छ जसले हाम्रो शरीरलाई चाहिने बोसोको काम गर्छ।

भिटामिन ए, बी, ई, डी र के जस्ता तत्त्वसँगै बोसो छैन भने यी तत्वहरु सोस्न पाउँदैन र काम नगर्ने हुन सक्छ। जसले गर्दा कुपोषण हुन सक्छ।

बच्चा ठूलो हुँदै जाँदा उसिनेको आलु र उसिनेको अण्डाको साना साना टुक्राका साथै दालको झोल र तरकारी पनि खुवाउनुपर्छ। दिनमा आठ पटकसम्म खुवाउनु पर्छ। तर थोरै थोरै खुवाउनुपर्छ।

जब बालबालिका दुई वर्षका हुन्छन्, त्यस बेलादेखि घरको भान्सामा जे जे पाक्छ ती सबै दिने गर्नुपर्छ। त्यसमा पनि चपाउने खानेकुरा धेरै दिनुपर्छ। बाहिर बजारको खाना दिनुहुँदैन।

सखर
जाडो मौसममा सखर हरेक उमेर समूहका लागि एकदमै उपयोगी हुन्छ। सखरमा खनिज तत्त्व, लौह तत्त्व, जिन्क, इन्जाइम र एनर्जी पाइन्छ। यो मौसममा सखरको सेवनले शारीरिक कमजोरी र थकान मेटाउन मद्दत गर्छ।

ताजा सागपात र तरकारी
मौसमअनुसारको तरकारीजस्तै काउली, ब्रोकाउली, तरुल, गान्टेमुला, सखरखण्ड, कुरिलो र कागतीका साथै विभिन्न किसिमका सागपातको सेवन गर्नुपर्छ।

गाजरमा बिटा क्यारोटिन भएकोले बालबालिकालाई काँचो वा पकाएर जस्तो पनि दिन सकिन्छ। झोलिलो सुपले शरीरलाई न्यानो बनाउनुका साथै विभिन्न पोषक तत्त्व प्रदान गर्छ।

ओखर, बदाम (नट्स) आलस, तिल
बदाम, ओखर, छोकडा, खुर्पानी अति नै स्वास्थवर्द्धक खानेकुरा हुन्। शारीरिक विकासको लागि, इन्सुलिनको मात्रा मिलाउन, मस्तिष्क बलियो बनाउन, मुटु स्वस्थ राख्न र स्मरण शक्ति बढाउनका साथै बालबालिकाको सम्पूर्ण विकासका लागि यी खानेकुरा धेरै नै उपयोगी हुन्छन्।

माछा
जाडोयाममा माछाको प्रयोग गर्नुपर्छ। किनकि माछामा धेरै प्रोटिन पाइन्छ। यसमा ओमेगा थ्री, फ्याटी एसिड र भिटामिन डी पाइन्छ जसले मुटु रोगको साथै हाडजोर्नीलाई पनि बलियो बनाउने काम गर्छ।

फलफूल
जाडोयाममा फलफूलको सेवन गर्दा चिसो लाग्छ भन्ने धेरैको बुझाइ छ तर यो गलत हो। यो मौसममा फलफूलको प्रयोग झन् नियमित गर्नुपर्छ।

यसमा भएको पोषक तत्त्व र भिटामिनले धेरै रोगबाट जोगाउने गर्छ। यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। बालबालिकाका लागि मौसमअनुसारको सबै फलफूल उपयुक्त हुन्छ।

सुन्तला, केरा, नासपाती, मेवा, अनार, स्याउ, मौसम, अम्बा, आँपआदिको सेवन सधैँ गर्नुपर्छ। यी खानेकुरा बालबालिकाका साथै अरुले पनि नियमित खाँदा निरोगी बन्न सकिन्छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ०१ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका