आयोगले चुनावी परिणाम आज प्रदेश प्रमुखलाई बुझाउने | Khabarhub Khabarhub

आयोगले चुनावी परिणाम आज प्रदेश प्रमुखलाई बुझाउने


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ।

दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई एकैसाथ आयोगका पदाधिकारीले प्रतिवेदन बुझाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १ को राजधानी,आयुक्तहरु सगुनशमशेर जबरा मधेश प्रदेशको राजधानी र सचिव गोकर्णमणि दुवाडी वागमती प्रदेशको राजधानी हेटौँडा पुगेका छन्।

गण्डकीको पोखरामा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी दाङ र कर्णालीको सुर्खेतमा सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने छन्। सुदूरपश्चिम प्रदेश प्रमुखलाई आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले बताए।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएपछि प्रदेश सरकार गठनको बाटो खुल्नेछ। आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतका निकायलाई बुझाइसकेको छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : १८ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो