मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै « Khabarhub

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ । 

मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्रप्रमुख पवन बस्नेतले बताए । उनले भने, ‘एक महिनाअघि सम्म नदीको पानी बढी भएर खेर जान्थ्यो तर अहिले सबै पानी प्रयोग गरे पनि उत्पादन घटिरहेको छ ।’ अझै दुई महिनासम्म निरन्तर बिजुली उत्पादन घट्दै जाने उनको भनाइ छ ।

यहाँ आयोजना ३५/३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने उक्त आयोजनाले जनाएको छ । विगतको वर्षहरुमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । 

सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माण कार्य सम्पन्न भएलगत्तै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो । यसबाहेक जिल्लामा विद्युत् उत्पादन थालेका करिब आधा दर्जन आयोजनाहरुमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ ।

 मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि अब भने घट्ने क्रममा रहेको आयोजनाले जनाएको छ । 

त्यस्तै, २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १ : १७ बजे

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक