अवैधरुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीद्वारा नष्ट « Khabarhub

अवैधरुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीद्वारा नष्ट


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर  जिल्लाको  विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुवै गाउँपालिकाको  विभिन्न स्थानमा  लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लागूऔषध खेती नष्ट गर्ने अभियानअन्तर्गत सो परिमाणमा गाँजा खेती र अफिम खेती नष्ट गरेको बताइएको छ । सो अभियानअन्तर्गत लगातर चार दिन लगाएर प्रहरीको विभिन्न संयुक्त टोलीले गाँजा र अफिम नष्ट गरेको थियो ।

प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो  कोटेश्वरबाट खटेको  प्रहरी निरीक्षक  कञ्चन राजचलको नेतृत्वमा नौ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठको नेतृत्वमा ३८ तथा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालको नेतृत्वमा ३६ जना गरी ८३ जनाको प्रहरी टोलीले सो अवैध गाँजा तथा अफिम खेती नष्ट गरेको थियो । भौगोलिक विकटता र यातायात असुविधाका कारण प्रहरी प्रशासनको पहुँच हुन नसक्ने भएकाले सो खेती त्यस क्षेत्रमा हुने गरेको छ । अझै धेरै बाँकी नै रहेको अनुमान रहेको छ । 

प्रहरीले प्रत्येक वर्ष सो खेती नष्ट गर्ने अभियान चलाए पनि  गाँजा र अफिम खेती बन्द नभएको स्थानीयहरुको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले मकवानपुर जिल्लामा वर्षौँदेखि हुँदै आएको गाँजा र अफिम खेती अभियान चलाएर नष्ट पार्ने बताए ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १ : ५३ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ