लाफा समूहलाई खुल्ला ब्याडमिन्टन उपाधि « Khabarhub

लाफा समूहलाई खुल्ला ब्याडमिन्टन उपाधि


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । शनिबार लुम्बिनी राष्ट्रिय महोत्सवमा संचालित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टिमले उपबिजेतामा चित्त बुझायो ।

फाइनलमा बस्नेत र पौडेलको टीमले २१-१९ र २१-१५ को सोझो सेटमा गाहा र श्रीसको टीमलाई हराउँदै उपाधि जितेको हो । उपाधिसँगै बिजेता टिमले नगद १५ हजार, उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी तथा तामनगरकै सुभाष कर्माचार्य र रामजी न्यौपानेको टिमले तृतीय स्थान हासिल गरि नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक पौडेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्ष अरुणकुमार गोयन्का, महासचिव बिजय पाण्डे, सचिव दीपेन्द्र प्रधान, खेलकुद संयोजक हरिबहादुर थापा, प्रचार-प्रसार संयोजक कृष्णप्रसाद घिमिरे लगायतले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । आठौं लुम्बिनी राष्ट्रिय महोत्सव-०७९ को अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य संघले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । यसले पछिल्लो समय लोकप्रिय मानिएको ब्याडमिन्टन खेलको प्रवर्द्धन हुने र खेल संस्कृतिको विकासमा टेवा पुग्ने आफूहरूको अपेक्षा रहेको खेल संयोजक थापाले बताए ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  २ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार