स्थानीयतहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

स्थानीयतहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ : प्रधानमन्त्री


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा जिम्मेवारी दिएको भन्दै तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका हुन् ।

उनले महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव भएको भन्दै यसलाई संरक्षण गर्न सबै मिल्नुपर्ने धारणा राखे । उनले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउन महानगर अझै क्रियाशील हुने विश्वास पनि व्यक्त गरे ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अव मेट्रो रेलको विकल्प नभएको र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । उपत्यकाभित्रको संस्कृति र सम्पदाको जगेर्ना गर्न काठमाडौं महानगरसंग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि र सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने जिकिर गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ३ : १४ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक