‘बालबालिकाको भविष्य राम्रो बनाउन आमाहरूको भविष्य सुरक्षित हुनुपर्छ’  « Khabarhub

‘बालबालिकाको भविष्य राम्रो बनाउन आमाहरूको भविष्य सुरक्षित हुनुपर्छ’ 


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरूको भविष्य राम्रो बनाउन पहिला आमाहरूको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् ।

लूनिभा बाल सरोकार समूहले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले अव नेपाली समाजलाई रूपान्तरण गर्ने हो भने बालबालिकाहरूको भविष्य राम्रो बनाउनुपर्ने र त्यसका लागि आमाहरूको भविष्यलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् । बालबालिकाहरूको पहिलो शिक्षा जन्मदादेखि नै घरबाटै हुने र त्यसमा आमाहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुमात्रै नभएर सिंगो राज्यले भविष्यका कर्णधार बालबालिकाहरूको अधिकार स्थापित गर्न प्रतिवद्ध हुनुपर्ने उनको भनाइ छ । तिमिल्सिनाले राजनीतिक परिवर्तनपछि विकास समृद्धि र सुशासनको जनताको चाहनालाई पुरा गर्नका लागि गम्भीर भएर काम गर्नुपर्ने बताए ।

लूनिभा  रजत जयन्ती २०७९ समापन समारोहका अवसरमा आयोजित कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ३ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया