वन्यजन्तुका कारण किसान मर्कामा, बारी बाँझै « Khabarhub

वन्यजन्तुका कारण किसान मर्कामा, बारी बाँझै


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्वीनवलपरासीको नारायणी नदी किनारका निकुञ्ज क्षेत्रका गाउँबस्तीमा गैँडालगायत वन्यजन्तुका कारण किसानलाई बालीनाली जोगाउन समस्या भएको छ । जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन् । 

खेती स्याहार्ने बेलामा गैँडाले बढी दुःख दिने गरेको कावासोती-१२ की सुकमाया घलेले बताए । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर रातको समयमा दिनहुँजसो गैँडाले उखु, केरा, तरकारी नष्ट गर्ने गरेको छ । 

गैँडाले खेतीपाती नष्ट गने र मान्छेलाई आक्रमण गर्दा ज्यानै जाने खतरा पनि रहेको स्थानीय बताउँछन् । झमक्क साँझ नपर्दै निस्कने गैँडालगायत वन्यजन्तुका कारण हिँड्डुलसमेत गर्न गाह्रो हुने गरेको कावासोती-१२ का जगतकाजी गुरुङले बताए । ‘तीन खेती लगाउने खेतमा गैँडालगायत वन्यजन्तुका कारणले बालीनाली नष्ट मात्रै भएका छैन गाउँघरमा हिँड्डुलसमेत गर्न डर छ’, गुरुङले भने ।

कावासोती नगरपालिकाको करिब चार किलोमिटर क्षेत्रमा गैँडा लगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका अव्यवस्थित प्रवेशद्धारबाट वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियारले बताए।

गैँडाले दिनहुँजसो बस्तीमा पसेर आतंक मच्चाएपछि स्थानीयवासी रातभर गौँडो कुरेर गैँडा लखेट्ने गरिरहेको उनको भनाइ थियो । ‘निकुञ्जबाट निस्किएका गैँडालाई उतै लखेटेर घर फर्किन्छौँ, हामी घरमा आइनपुग्दै गैँडा बस्तीमा आइपुग्छ’, परियारले भने।

कावासोती–१२ की माया गुरुङले दुई वर्षदेखि चार कट्ठा बारी बाँझै राखेका छन् । खेती लगाए पनि वन्यजन्तुबाट जोगाउन मुस्किल पर्ने भएपछि बारी बाँझो राख्नु परेको उनको भनाइ थियो  । 

गैँडालगायत वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती–१३ कृषक चेतनारायण चौधरीले बताए। स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति पाउन नसकिएको कावासोती–१३ का पूर्ववडाध्यक्ष विनोद राना मगरले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ वटा गैँडा, एक सय २८ वटा बाघ र ४५ वटा हात्ती छन् । निकुञ्जमा जनावरको सङ्ख्या बढ्नु प्रकृति र पर्यटकीय हिसाबले राम्रो मानिन्छ ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ४ : ४५ बजे

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि