वन्यजन्तुका कारण किसान मर्कामा, बारी बाँझै « Khabarhub

वन्यजन्तुका कारण किसान मर्कामा, बारी बाँझै


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्वीनवलपरासीको नारायणी नदी किनारका निकुञ्ज क्षेत्रका गाउँबस्तीमा गैँडालगायत वन्यजन्तुका कारण किसानलाई बालीनाली जोगाउन समस्या भएको छ । जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन् । 

खेती स्याहार्ने बेलामा गैँडाले बढी दुःख दिने गरेको कावासोती-१२ की सुकमाया घलेले बताए । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर रातको समयमा दिनहुँजसो गैँडाले उखु, केरा, तरकारी नष्ट गर्ने गरेको छ । 

गैँडाले खेतीपाती नष्ट गने र मान्छेलाई आक्रमण गर्दा ज्यानै जाने खतरा पनि रहेको स्थानीय बताउँछन् । झमक्क साँझ नपर्दै निस्कने गैँडालगायत वन्यजन्तुका कारण हिँड्डुलसमेत गर्न गाह्रो हुने गरेको कावासोती-१२ का जगतकाजी गुरुङले बताए । ‘तीन खेती लगाउने खेतमा गैँडालगायत वन्यजन्तुका कारणले बालीनाली नष्ट मात्रै भएका छैन गाउँघरमा हिँड्डुलसमेत गर्न डर छ’, गुरुङले भने ।

कावासोती नगरपालिकाको करिब चार किलोमिटर क्षेत्रमा गैँडा लगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका अव्यवस्थित प्रवेशद्धारबाट वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियारले बताए।

गैँडाले दिनहुँजसो बस्तीमा पसेर आतंक मच्चाएपछि स्थानीयवासी रातभर गौँडो कुरेर गैँडा लखेट्ने गरिरहेको उनको भनाइ थियो । ‘निकुञ्जबाट निस्किएका गैँडालाई उतै लखेटेर घर फर्किन्छौँ, हामी घरमा आइनपुग्दै गैँडा बस्तीमा आइपुग्छ’, परियारले भने।

कावासोती–१२ की माया गुरुङले दुई वर्षदेखि चार कट्ठा बारी बाँझै राखेका छन् । खेती लगाए पनि वन्यजन्तुबाट जोगाउन मुस्किल पर्ने भएपछि बारी बाँझो राख्नु परेको उनको भनाइ थियो  । 

गैँडालगायत वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती–१३ कृषक चेतनारायण चौधरीले बताए। स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति पाउन नसकिएको कावासोती–१३ का पूर्ववडाध्यक्ष विनोद राना मगरले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ वटा गैँडा, एक सय २८ वटा बाघ र ४५ वटा हात्ती छन् । निकुञ्जमा जनावरको सङ्ख्या बढ्नु प्रकृति र पर्यटकीय हिसाबले राम्रो मानिन्छ ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ४ : ४५ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने