गण्डकीमा सत्ता समीकरणका लागि दलहरूको आन्तरिक तयारी सुरु | Khabarhub Khabarhub

गण्डकीमा सत्ता समीकरणका लागि दलहरूको आन्तरिक तयारी सुरु


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा सरकार निर्माणको समीकरणका लागि दलहरूले आन्तरिक तयारी सुरु गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न निर्वाचनको परिणाम सहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएसँगै अबको सत्ता समीकरण के हुने भन्ने विषयको चर्चा चुलिएको हो । 

निर्वाचन मतपरिणाम अनुसार गण्डकीमा पाँच दलको प्रतिनिधित्व हुनेछ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधित्व हुने भएको छ । कुल ६० सदस्यीय प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिकबाट निर्वाचित बनेका छन् ।

गण्डकीमा नेपाली कांग्रेसबाट २७, एमालेबाट २२, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई र एकीकृत समाजवादीबाट एकजना प्रतिनिधित्व छ ।

नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनमा प्रत्यक्ष एवम् समानुपातिकतर्फ कुनै पनि सिट नजिते पनि निर्वाचनपछि मनाङबाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) पार्टीमा प्रवेश गरेका हुन् । सरकार गठनका लागि बहुमत पुर्‍याउन ३१ सदस्य आवश्यक भए पनि कुनै पनि दलसँग बहुमत सङ्ख्या नपुग्दा  दलहरू बीचको सम्भाव्य समीकरणलाई महत्वका साथ हेरिएको छ ।

संविधानको धारा, १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनको व्यवस्था छ । उक्त धाराको उपधारा १ ले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त हुने व्यवस्था गरेको छ । तर उक्त धाराअनुसार गण्डकीमा कुनै पनि दलले बहुमत नल्याएका कारण सरकार बन्ने देखिँदैन । संविधानको धारा, १६८ को उपधारा, २ मा कुनै पनि दलको प्रस्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ । 

अहिले राजनीतिक दलहरू सोही धाराअनुसार गण्डकीमा सरकार गठनको कसरतमा लागेका छन् । त्यसअघि दलहरू पार्टीभित्र संसदीय दलको नेता चयन गर्ने तयारीमा जुटेका छन् । जसमा पहिलो सम्भावनाका रुपमा निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको सरकार बन्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसका २७ र माओवादीका आठ र एकीकृत समाजवादीको एक गर्दा ३६ जना हुने भएकाले स्पष्ट बहुमत पुग्ने देखिन्छ । यसका लागि गठबन्धनमा रहेका दलको केन्द्रमा हुने समीकरण यतिखेर पर्खाइमा छ ।

सरकार गठनको अर्को विकल्पका रुपमा नेकपा एमाले र माओवादी सहितको वाम गठबन्धन पनि यतिखेर चर्चामा छ । यस विकल्पमा २२ सदस्य रहेको एमाले, आठ सदस्य रहेको माओवादी र एक सदस्य रहेको एकीकृत समाजवादी मिल्दा ३१ सदस्य पुग्छ । यस विकल्पमा एक जनालाई सभामुख बनाउँदा ३० सदस्य रहने भएकाले सुविधाजनक बहुमतका लागि राप्रपाको पनि साथ आवश्यक देखिन्छ । सरकारको स्थिरताका लागि कांग्रेस र एमाले बीचको समीकरणको विकल्प पनि यतिखेर उत्तिकै चर्चामा छ । 

मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्नुपर्ने भएकाले मुख्यतः दलका सांसदको ध्यान त्यतातिर देखिन्छ । नेपाली कांग्रेसबाट संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे, महेन्द्रध्वज जिसी, विन्दुकुमार थापा, भोजराज अर्याल लगायतको चर्चा छ । नेकपा एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रमा हरिबहादुर चुमानको नाम नै मुख्य रुपमा अघि आएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ३३ बजे

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको

दलितलाई मन्त्री नबनाएका दलहरूले पश्चाताप गर्नुपर्छ

प्रतिनिधि सभामा दलित महिला र सीमान्तकृत समुदायको आवाज बुलन्द पार्ने

काठमाडौंको ढल मिसिएको पानीमा भेटियो पोलियोको भाइरस

काठमाडौं- काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड

अर्थसंक्षेप : माइक्रोसफ्टमा समस्या आउँदा विश्वभरका आर्थिक क्षेत्र प्रभावित, निर्माण व्यवसायीको भुक्तानी नरोकीने

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी नरोकिने

नेपालले ऐतिहासिक जित निकाल्दा चम्किएकी सम्झना

काठमाडौं- नेपाली महिला टोलीले यूएईविरुद्ध ऐतिहासिक जित हात पार्दा ओपनर