संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ : उपसभापति गुरुङ « Khabarhub

संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ : उपसभापति गुरुङ


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताएका छन्। दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टुङ्गो नलागेको उनको भनाइ छ ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै उनले संसदीय दलको नेतामा व्यक्तिभन्दा पनि एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताए। ‘प्रधानमन्त्री दाबी गर्न जति सजिलो छ, प्रधानमन्त्री बनेर काम गर्न त्यति सजिलो छैन’, उनले भने, ‘एजेण्डा बोकेपछि गन्तव्यमा अवश्य पुगिन्छ ।’

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका नेताहरू आफ्नो सम्पत्ति छानविन गर्न तयार हुन आग्रह समेत गरे ।

काउनको राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य, पूर्वअध्यक्ष खिलानाथ दाहाल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणलगायतले शुभकामना व्यक्त गरेका थिए ।

भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । कुल ६३ जिल्लामा सङ्गठन रहेको काउनको यो महाधिवेशनमा प्रतिनिधि पर्यवेक्षक गरी तीन सय ५० बढी सहभागी रहेको काउनका केन्द्रीय अध्यक्ष जवि गुरुङले जानकारी गराए। उनले अहिले समग्र श्रम आन्दोलन जटिल अवस्थामा रहेको बताउँदै समान काम समान ज्यालालगायतका मुद्दा पेचिलो बन्दै गएको बताउँदै कार्यान्वयनमा जोड दिए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ४४ बजे

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ