‘पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउँछौँ’ « Khabarhub

जुम्लाका युवा सांसदको एउटै स्वरः

‘पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउँछौँ’

काठमाडौँमा जुम्लाका नवनिर्वाचित सांसदलाई बधाई तथा छलफल कार्यक्रम


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जुम्लाका युवा सांसद्ले पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउने घोषणा गरेका छन् । काठमाडौँमा जुम्लाका नागरिक समाजले आयोजना गरेको बधाईज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित युवा सांसदद्धय ज्ञानेन्द्र शाही र विनिता कठायतले जुम्लाको अगाडि सँधै लागिरहने दुर्गम जिल्लाको ‘ट्याग’ पाँच वर्षमा हटाउने घोषणा गरेका हुन् ।

यसका लागि आफूहरुले मेहनतका साथ काम र पहल गर्ने पनि उनीहरुको भनाई छ । जुम्ला र कर्णालीका सबै नागरिकको साथ पाएको खण्डमा कर्णाली तथा जुम्लालाई सभ्यताको प्रदेश तथा जिल्ला बनाउने भन्दै दुर्गम जिल्लाका रुपमा सँधै पछाडि पार्ने विभेद अब स्वीकार्य नहुने उनीहरुको चेतावनी छ ।

‘कर्णाली र जुम्ला सभ्यता हुन् । भाषा र संस्कृतिका सभ्यता हुन् । यिनको संरक्षण जरुरी छ’ कार्यक्रममा प्रतिनिधिसभा सांसद बनेका शाहीले भने, ‘अब कर्णाली दुर्गम हो । जुम्ला झन् दुर्गम मात्रै हो भन्ने शब्द राखिरहनु हुँदैन । पाँच वर्षमा तपाईहरु सबैको साथ भयो भने जुम्लाको अगाडि लागिरहने दुर्गम ‘ट्याग’ हटाउनेछौँ ।’

शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित जुम्लाका सांसद हुन् भने कठायत राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

कार्यक्रममा युवा सांसद विनिता कठायतले अब दलीय राजनीतिक र संरक्षण भन्दा साझा प्रतिनिधि भएर जुम्लाको विकासको लागि काम गर्नुपर्ने बताइन् । जुम्लालाई सँधै दुर्गम बनाइराख्ने भन्दा पाँच वर्षमा विकासको नयाँ मोडल पेश गर्ने गरि काम गर्नका लागि उनले सांसद्लाई आग्रह समेत गरेकी थिइन् ।

यस्तै कार्यक्रममा सांसद् कान्तिका सेजुवालले पनि जुम्लाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । सबैको साथ सहयोग भएमा जुम्लाको विकासमा नयाँ आयाम थप्न सकिने उनले बताइन् । कार्यक्रममा जुम्लाबाट निर्वाचित सांसद छिरिङ लामा, टेकराज पछाई र देबेन्द्र शाहीले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम लेखक तथा जुम्ला नागरिक समाजका अगुवा माधव चौलागाइ र मनऋषि धिताल लगायतले आयोजना गरेका थिए ।

ललितपुरको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा काठमाडौँमा रहेका जुम्लाका विभिन्न पेशाकर्मी, पत्रकार, कलाकार, समाजसेवी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ३६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल