भन्सार छलेका सामग्रीबाट तीन करोड राजस्व संकलन  « Khabarhub

भन्सार छलेका सामग्रीबाट तीन करोड राजस्व संकलन 


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व संकलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट तीन करोड २२ लाख ४८ हजार एक सय दुई राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। 

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणबाट उक्त राजस्व संकलन भएको उनले बताए । पाँच महिनाको अवधिमा २० पटक भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा लिइएको थियो । 

नवलपरासीसहित रूपन्देहीका विभिन्न सीमानाकाबाट भन्सार छलेर ल्याइएका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो । कपडा, सवारीसाधनका पाटपुर्जा, किरानाका सामान, युरिया, चिनी, भाँडाकुँडालगायतका सामग्री नियन्त्रणमा लिइएको थियो ।

यस अवधिमा प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ७९ वटा सवारी नियन्त्रणमा लिएको र कारबाहीबाट १३ लाख नौ हजार राजस्व असुल गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तिवारीले बताए । उनका अनुसार पाँच महिनाको अवधिमा जुवातासका सातवटा मुद्दामा ४४ जनालाई कारबाही गरी रु एक लाख ८७ हजार दुई सय ४४ राजस्व संकलन गरिएको छ । यस्तै २७ जना फरार प्रतिवादी पक्राउ गरी ११ वर्ष नौ महिना तीन दिन कैद सजाय र रु छ लाख ९५ हजार पाँच सय ७२ राजस्व असुल गरिएको उनले बताए ।

प्रमुख तिवारीका अनुसार चालु आवको मङ्सिर मसान्तसम्ममा लागूऔषधका ३२ मुद्दा दर्ता भएका छन् । भारतीय सीमाबाट लागूऔषध भित्राएर नवलपुर हुँदै देशका विभिन्न सहरमा लैजाने गरेको पाइएकाले यसको नियन्त्रणका लागि आफूहरू चनाखो भएर लागेको उनले बताए । 

‘खासगरी लागूऔषध ओसारपसार यो बाटोबाट धेरै हुने गरेको घटनाक्रमले समेत देखाएको छ, हामी नियन्त्रणका लागि विषेश निगरानी गरेका छौँ’, जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख तिवारीले भने ।

जिल्लामा पाँच महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ९६ वटा मुद्दा दर्ता भएको उनको भनाइ छ । विशेषगरी लागूऔषध, सवारी दुर्घटना र आत्महत्याका घटना धेरै हुने गरेको तथ्यांकले देखाएको छ । नवलपुरमा पाँच महिनाको अवधिमा ४७ जनाले आत्महत्या गरेका छन् ।

 


प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५७ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका