भन्सार छलेका सामग्रीबाट तीन करोड राजस्व संकलन  « Khabarhub

भन्सार छलेका सामग्रीबाट तीन करोड राजस्व संकलन 


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व संकलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट तीन करोड २२ लाख ४८ हजार एक सय दुई राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। 

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणबाट उक्त राजस्व संकलन भएको उनले बताए । पाँच महिनाको अवधिमा २० पटक भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा लिइएको थियो । 

नवलपरासीसहित रूपन्देहीका विभिन्न सीमानाकाबाट भन्सार छलेर ल्याइएका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो । कपडा, सवारीसाधनका पाटपुर्जा, किरानाका सामान, युरिया, चिनी, भाँडाकुँडालगायतका सामग्री नियन्त्रणमा लिइएको थियो ।

यस अवधिमा प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ७९ वटा सवारी नियन्त्रणमा लिएको र कारबाहीबाट १३ लाख नौ हजार राजस्व असुल गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तिवारीले बताए । उनका अनुसार पाँच महिनाको अवधिमा जुवातासका सातवटा मुद्दामा ४४ जनालाई कारबाही गरी रु एक लाख ८७ हजार दुई सय ४४ राजस्व संकलन गरिएको छ । यस्तै २७ जना फरार प्रतिवादी पक्राउ गरी ११ वर्ष नौ महिना तीन दिन कैद सजाय र रु छ लाख ९५ हजार पाँच सय ७२ राजस्व असुल गरिएको उनले बताए ।

प्रमुख तिवारीका अनुसार चालु आवको मङ्सिर मसान्तसम्ममा लागूऔषधका ३२ मुद्दा दर्ता भएका छन् । भारतीय सीमाबाट लागूऔषध भित्राएर नवलपुर हुँदै देशका विभिन्न सहरमा लैजाने गरेको पाइएकाले यसको नियन्त्रणका लागि आफूहरू चनाखो भएर लागेको उनले बताए । 

‘खासगरी लागूऔषध ओसारपसार यो बाटोबाट धेरै हुने गरेको घटनाक्रमले समेत देखाएको छ, हामी नियन्त्रणका लागि विषेश निगरानी गरेका छौँ’, जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख तिवारीले भने ।

जिल्लामा पाँच महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ९६ वटा मुद्दा दर्ता भएको उनको भनाइ छ । विशेषगरी लागूऔषध, सवारी दुर्घटना र आत्महत्याका घटना धेरै हुने गरेको तथ्यांकले देखाएको छ । नवलपुरमा पाँच महिनाको अवधिमा ४७ जनाले आत्महत्या गरेका छन् ।

 


प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५७ बजे

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला