रामेछाप जिप दुर्घटना : घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर « Khabarhub

रामेछाप जिप दुर्घटना : घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मन्थली – रामेछापको उमाकुण्ड गाउँपालिका –७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड – ७ भुजीतर्फ जाँदै गरेको बा११च ७५९२ नंको उक्त बलेरो एकराते पहरो भन्ने ठाउँमा दुर्घटनामा परेको उनले बताए ।

जिप कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइतेमध्ये गम्भीर बिरामीलाई आजै हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : २३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन